२४ भदौ,काठमाडौं । नेपाली सेनाले आन्दोलनरत पक्षलाई वार्तामा आउन आब्हान गरेको छ ।मंगलबार साँझ एक अपिल जारी गर्दै प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका हुन्।
सेनाले आन्दोलनमा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारलाई समवेदना दिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सेनाले आन्दोलनका कारण भएको अपूरणीय क्षति प्रति गहिरो दु:ख व्यक्त गरेको छ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै सेनाले अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गरेको छ।सेनाले राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, आमनागरिक, र विदेशी कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्न सबै नेपालीको साझा कर्तव्य रहेकोमा जोड दिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्