Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

११औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १०, २०८२
In दिवस
0

काठमाडौं । सुरक्षित गर्भपतन सेवाको सुनिश्चितता र निरन्तरताका लागि महिला अधिकारकर्मी, स्वास्थ्य विज्ञ तथा सरोकारवालाहरूले कानूनी सुधार र प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई आवश्यक कदम चाल्न आह्वान गरेका छन् ।

नेपालमा २०५९ साल असोज १० गते मुलुकी ऐनको ११औं संशोधन मार्फत गर्भपतनलाई कानूनी मान्यता प्रदान गरिएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असोज १० गते ‘राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस’ मनाइँदै आएको छ । यस वर्ष ‘सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा’ भन्ने मूल नाराका साथ ११औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस देशभर मनाइँदैछ ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडि) लगायतका १८ वटा संस्थाहरू आवद्ध प्रजनन स्वास्थ्य अधिकार कार्यसमूहले यो अवसरमा जारी गरेको वक्तव्यमा सबै दिदीबहिनीहरू, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी संस्था, दातृ निकायहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सुरक्षित गर्भपतन सेवाको पहुँच, स्वीकार्यता र निरन्तरता सुनिश्चित गर्न आग्रह गरिएको छ ।

नेपालको संविधानको धारा ३८(२) ले मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ भने धारा ३५(१) ले सबै आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क बनाएको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र जनस्वास्थ्य सेवा ऐन, २०७५ ले सुरक्षित गर्भपतन सेवालाई कानूनी रुपमा परिभाषित गर्दै आधारभूत स्वास्थ्य सेवा र नि:शुल्क पाउने अधिकार सुनिश्चित गरेका छन् ।

तर, विभिन्न प्राकृतिक तथा मानवजन्य संकट – जस्तै कोभिड–१९ महामारी, बाढी, पहिरो, सुख्खा लगायतका कारण महिलाहरू र किशोरीहरू सुरक्षित गर्भपतन सेवाबाट बञ्चित भइरहेका छन् ।

अध्ययनहरूले अझै पनि गर्भपतनको ५२ प्रतिशत असुरक्षित तरिकाले हुने गरेको देखाएका छन् भने दैनिक मृत्यु हुने दुई महिला मध्ये पाँच प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनका कारण हुने तथ्य सार्वजनिक गरेका छन् ।

त्यस्तै, कृपाद्वारा २०२४ मा गरिएको अध्ययन अनुसार प्रत्येक १० मध्ये ४ जना महिलाले सुरक्षित गर्भपतन सेवा प्राप्त गर्न सकेका छैनन् र ३८ प्रतिशतले गैरकानूनी वा असुरक्षित संस्थाबाट सेवा लिने प्रयास गरेका छन् ।

कानूनी अज्ञानता, सामाजिक लाञ्छना, सेवा पहुँचको अभाव, स्वास्थ्य संस्थाबारे जानकारी नहुनु लगायत कारणहरू यस समस्याका प्रमुख कारक रहेको बताइएको छ ।

रोशनी पौडेल विरुद्ध नेपाल सरकार (रिट नं. ०७६–धय–०९६२) मा सर्वोच्च अदालतले प्रजनन स्वास्थ्य सामग्रीलाई अत्यावश्यक स्वास्थ्य सेवामा समावेश गर्न तथा महामारीका समयमा महिलाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सेवामा संवेदनशील पहुँच सुनिश्चित गर्न आदेश दिएको थियो ।

तर हाल मानवीय संकटका समयमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने स्पष्ट कानूनी व्यवस्था अभावमा सेवा अवरुद्ध हुने जोखिम कायमै रहेको सरोकारवालाहरूले बताएका छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि मस्यौदा विधेयक तयार गरी यस वर्ष असार ९ गते रायका लागि सार्वजनिक सूचना जारी गरेको छ। यस मस्यौदामा विपत्तिका समयमा पनि प्रजनन स्वास्थ्य सेवा सुनिश्चित हुने प्रावधान समावेश गरिएको छ ।

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

दिवस

आज विश्व अटिजम दिवस

चैत्र १९, २०८२
दिवस

आज ‘विश्व मूर्ख दिवस’ मनाइँदै, रमाइलो र ठट्टाको दिन

चैत्र १८, २०८२
दिवस

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १६औँ स्मृति दिवस

चैत्र ७, २०८२
दिवस

आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस

चैत्र ७, २०८२
दिवस

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२
दिवस

देशभर विभिन्न कार्यक्रम गरी मनाइयो ‘विश्व रेडियो दिवस’

फाल्गुन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend