जनकपुर । धनुषाको महेन्द्रनगर देखि शान्तिपुरको आवागमन ठप्प भएको छ ।निरन्तर पानी परे पछि आएको बाढीले सडक कटान गरेपछि औरही खोला पुल जोखिममा परेको छ । बाढीले सडकको करिब २० मिटर भाग बगाएको छ ।
दुबै तर्फ बाट हुने आवत जावत ठप्प भएको छ । स्थानीय प्रहरी प्रशासनले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ ।केही दिन अगाडि समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्