रौतहट । निरन्तरको अविरल वर्षासँगै रौतहटका दुई प्रमुख नदी बागमती र लालबकैया खतराको सतह माथि पुगेका छन्।बागमती नदीको बहाव ४,५०० क्युसेक नापिए पछि बागमती सिँचाइ ड्यामका सबै ३६ ढोका खुला गरिएको प्रहरीले जनाएको छ।

नदी किनार र आसपासका बस्तीमा बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।यस्तै, मौलापुर नगरपालिका–१ मर्यादपुर नजिकै लालबकैया नदीको बाँध कटान भए पछि आसपासका बस्तीमा बाढीको जोखिम अझ बढेको छ। प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काका अनुसार बाँध कटानका कारण गौर बजार जलमग्न भएको छ।
सरकारी कार्यालय देखि सडक सम्म पानीले डुबान बनाएको छ र आवागमन कठिन भएको छ।जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तह र बासिन्दा बीच समन्वय गर्दै उद्धारका लागि डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेट लगायतका सामग्री तयारी अवस्थामा राखिएको रौतहट प्रशासनले जनाएको छ।

यसै बीच, वर्षा सँगै आएको हावाहुरीका कारण चन्द्रपुर नगरपालिका–२ मा पर्ने चन्द्रनिगाहपुर/बागमती सडक खण्डमा रुख ढल्दा यातायात अवरुद्ध भएको थियो। सुरक्षाकर्मीले रुख हटाए पछि अहिले गाडी सञ्चालन सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्