Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आज शहिद दिवस : शहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम, मधेश प्रदेश सरकार द्वारा पनि विविध कार्यक्रम

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १६, २०८२
In दिवस
0

१६ माघ,मधेश प्रदेश : देश र जनताको स्वतन्त्रता, लोकतन्त्र तथा नागरिक अधिकारका लागि जीवन आहुति दिने महान् शहिदहरूको स्मरणमा आज शुक्रबार देशभर शहिद दिवस श्रद्धा र सम्मानका साथ मनाइँदैछ। संघीय सरकारका साथै प्रदेश र स्थानीय तहमा विविध श्रद्धाञ्जली, दीप प्रज्वलन, प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्।

मधेश प्रदेश सरकारका तर्फबाट पनि शहिद दिवसको अवसरमा विशेष कार्यक्रमहरू आयोजना गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा मन्त्रालयले शहिद प्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न स्मरण तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।

प्रजातन्त्र, स्वतन्त्रता र न्यायको स्थापनाका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहिद दिवस मनाइँदै आएको छ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि बलिदान दिएका चार महान् शहिद—धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री सहित विभिन्न राजनीतिक आन्दोलन, परिवर्तन र अधिकारका संघर्षमा ज्यान गुमाएका शहिदहरूको योगदान आज विशेष रूपमा स्मरण गरिँदैछ।

राणा शासन विरुद्ध सचेत आवाज उठाएको आरोपमा तत्कालीन शासकले ती शहिदहरूलाई मृत्युदण्ड दिएको थियो। उनीहरूको साहसी बलिदानले नेपाली समाजमा राजनीतिक चेतनाको बीजारोपण गर्दै जहानियाँ राणा शासनको अन्त्य र प्रजातान्त्रिक व्यवस्थाको स्थापनामा ऐतिहासिक भूमिका खेलेको मानिन्छ।

शहिद दिवस केवल विगतको स्मरण गर्ने दिन मात्र नभई प्रजातन्त्र स्थापना, पुन:स्थापना तथा देशको सार्वभौमिकता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संघर्ष गरेका शहिदहरूको आदर्शबाट प्रेरणा लिने अवसर समेत हो। यही उद्देश्यका साथ माघ १० देखि १६ गते सम्म ‘शहिद सप्ताह’ मनाइँदै आएको छ, जस अन्तर्गत विभिन्न सरकारी निकाय तथा संघसंस्था मार्फत कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

स्वतन्त्रताको माग गर्दै निरङ्कुश शासन विरुद्ध संघर्ष गर्ने क्रममा १९९७ सालमा शहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकु स्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

आजको दिन शहिदहरूको सपना र त्यागलाई आत्मसात् गर्दै लोकतन्त्रको संरक्षण, सुशासनको प्रवर्द्धन, सामाजिक समावेशिता र नागरिक अधिकारको सुनिश्चितताप्रति राज्य र नागरिक सबैले साझा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा मनाइँदैछ।

  • 17shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

दिवस

आज विश्व अटिजम दिवस

चैत्र १९, २०८२
दिवस

आज ‘विश्व मूर्ख दिवस’ मनाइँदै, रमाइलो र ठट्टाको दिन

चैत्र १८, २०८२
दिवस

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १६औँ स्मृति दिवस

चैत्र ७, २०८२
दिवस

आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस

चैत्र ७, २०८२
दिवस

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२
दिवस

देशभर विभिन्न कार्यक्रम गरी मनाइयो ‘विश्व रेडियो दिवस’

फाल्गुन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend