Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

शहिद दिवसमा बालेनको सन्देश : ८५ वर्षमा व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १६, २०८२
In दिवस
0

१६ माघ,काठमाडौं । शहिद दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शहिदको बलिदान पछि पनि राज्य जनताकै बन्न नसकेको टिप्पणी गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल मार्फत सन्देश सार्वजनिक गर्दै उनले राणा शासन विरुद्ध संघर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका छन्।

ती सहिदहरूको बलिदानको करिब एक दशक पछि राणा शासनको अन्त्य भए पनि राज्यसत्ताको चरित्र भने नफेरिएको बालेनको भनाइ छ। “८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन,” उनले लेखेका छन्, “नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्‍यो, पटक–पटक जनता सहिद भए, तर शहिदका सपना अझै पूरा हुन सकेनन्।”

उनले पछिल्ला दिनमा भएको भदौको ‘जेनजी आन्दोलन’को सन्दर्भ उठाउँदै सुशासन र भ्रष्टाचार अन्त्यको माग सहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले समेत जीवन बलिदान दिनु परेको प्रति दु:ख व्यक्त गरेका छन्।

बालेनले अब सहिदका सपना पूरा गर्ने दिशामा दृढ भएर अघि बढ्नुपर्ने समय आएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाको जिम्मेवारी वर्तमान पुस्ताको काँधमा आएको बताएका छन्। “लामो समयदेखि जरा गाडेर बसेको भ्रष्टाचारको अन्त्य गर्दै नेपाललाई आर्थिक रूपमा सबल र आत्मनिर्भर मुलुक बनाउनु आवश्यक छ,” उनले भनेका छन्।

त्यसैगरी, राज्यका निकायहरूमा बढ्दो दलीयकरणप्रति चिन्ता व्यक्त गर्दै उनले राज्यलाई जवाफदेही, पारदर्शी र जनउत्तरदायी बनाउनु अपरिहार्य रहेको उल्लेख गरेका छन्। “यी शहिदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन,” बालेनले स्पष्ट पारेका छन्।

शहिद दिवसको अवसरमा उनले सम्पूर्ण नागरिकलाई सहिदहरूको त्याग र बलिदान स्मरण गर्दै सुशासनयुक्त, भ्रष्टाचारमुक्त र न्यायपूर्ण राष्ट्र निर्माणका लागि मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्न आह्वान गरेका छन्।

  • 13shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

दिवस

आज विश्व अटिजम दिवस

चैत्र १९, २०८२
दिवस

आज ‘विश्व मूर्ख दिवस’ मनाइँदै, रमाइलो र ठट्टाको दिन

चैत्र १८, २०८२
दिवस

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १६औँ स्मृति दिवस

चैत्र ७, २०८२
दिवस

आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस

चैत्र ७, २०८२
दिवस

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२
दिवस

देशभर विभिन्न कार्यक्रम गरी मनाइयो ‘विश्व रेडियो दिवस’

फाल्गुन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend