८ जेठ,महोत्तरी : छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा महोत्तरी प्रहरी ले सोन्मा गाउँपालिका-३ रघुनाथपुर बस्ने २७ वर्षीय जयनाथ यादव लाई बिहीबार बिहान पक्राउ गरेको छ । सोही गाउँपालिका-७ सुन्दरपुर बस्ने ६७ वर्षीय दिपलाल यादवलाई जयनाथले सार्वजनिक पोखरीमा घाँटी थिचेर सोही पोखरीमा डुबाई मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्