Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

क्यान्सर अस्पतालमा अक्सिजन अभाव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ११, २०७८
In स्वास्थ्य खबर
0

११जेठ,चितवन : विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ । पर्याप्त अक्सिजन सहितका सिलिण्डर नहुँदा सङ्क्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि दैनिक करिब १ सय ८० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ । अस्पतालमको अक्सिजन प्लाण्टको ५० वटा मात्रै सिलिण्डर भर्न सक्ने क्षमता छ ।

बिरामीलाई आवश्यक अक्सिजन जुटाउन स्थानीय प्रशासनसँग हरेक दिन समन्वय गर्नुपर्ने अवस्था छ । पुरानो भवनका १ सय ४४ शय्यामा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । अस्पतालमा कोभिडका लागि जनरल बेड ९०, एचडीयु ४०, आइसीयु ११ र ३ भेन्टिलेटर छन् । कोभिडको दोस्रो महामारी लगत्तै क्यान्सरका बिरामीको चापमा कमी आएपछि अस्पतालले क्यान्सर बाहेकका अन्य कोरोना सङ्क्रमितको पनि उपचार गर्ने गरी वार्ड तयार पारेको हो ।

अस्पतालको आफ्नै कोभिड–१९ प्रयोगशाला समेत छ । अहिलेसम्म जेनेतेन अक्सिजनको व्यवस्थापन गरिरहेको बताउँदै कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भन्नुभयो, “बिरामी थपिदै जाँदा चुनौति पनि थपिदै गएको छ ।” उहाँका अनुसार अधिकांश सङ्क्रमित अक्सिजनको सहारामा उपचार गर्नुपर्ने अवस्थाका रहेका छन् । अहिले हाइफ्लो अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो । “अहिलेको मुख्य समस्या अक्सिजन व्यवस्थापनै हो ।”

उहाँले आवश्यक उपकरण थप गर्दै सङ्क्रमितको उपचारलाई सहज बनाइने बताउनुभयो । अक्सिजन लिक्युड प्लाण्ट जडानका लागि बोलपत्र प्रक्रिया अघि बढेको गौतमले जानकारी दिनुभयो । सो प्लाण्ट सञ्चालनमा आउन करिब २ महिना लाग्ने देखिन्छ । सो प्लाण्टले एकै पटकमा १ सय ५० सिलिण्डर भर्न सक्नेछ । अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार अस्पतालमा ३६ जना एचडीयुमा, ७ जना आइसीयु २ जना भेन्टिलेटरमा सङ्क्रमित उपचारमा रहेका छन् ।

कोभिड वार्डबाट हालसम्म २१ जना डिस्चार्ज भएका छन् । १७ जनाले ज्यान गुमाएका छन् । “हामीसँग १–२ घण्टाको पनि रिजर्व गर्ने क्षमता छैन”, शर्माले भन्नुभयो “अक्सिजन लिन गएको गाडी बीच बाटोमै बिग्रेमा वा प्लाण्टमा केही ढिलो भएमा यता बिरामी थप जोखिममा पुग्ने अवस्था छ, यस्ता समस्या दिनहुँ भोगिरहेका छौँ ।” स्थानीय प्रशासनले समन्वय गरिदिए मात्रै कोभिडका जटिल बिरामीको उपचार गर्न सक्ने अवस्थामा आइपुगेको उहाँले बताउनुभयो ।(रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्वास्थ्य खबर

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२
स्वास्थ्य खबर

स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी

फाल्गुन १२, २०८२
स्वास्थ्य खबर

सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढी नागरिकलाई औषधि खुवाइँदै

माघ १६, २०८२
स्वास्थ्य खबर

वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द

भदौ ७, २०८२
स्वास्थ्य खबर

‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

साउन ४, २०८२
स्वास्थ्य खबर

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जादै

जेष्ठ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend