१९ माघ, जनकपुरधाम । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले आज जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा निर्वाचन मितिको घोषणा लाई लिएर विभिन्न माग गर्दै सो विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका छन् ।जनकपुरधामको शिव चोकमा टायर बालेर गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बिच समान्य झडप भएको थियो ।

उनीहरुले निर्वाचनको मिति घोषणा मिडियामा मात्रै गरेर नहुने र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता लिनु पर्ने भन्दै आन्दोलन गरेका छन् ।युवा संघ मधेश प्रदेशका अध्यक्ष जानी खान मधेशीले निर्वाचनको तिथिमिति छिटो भन्दा छिटो घोषणा नगरि यस भन्दा ठूलो र सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
सरकारले तीनै तहको निर्वाचनको समय छिटो भन्दा छिटो निर्धारण गरि मुलुकलाई निकास दिनका लागि सरकार संग आग्रह गरेका थिए ।यो सँगै पेट्रोलको भाउ प्रतिलिटर १४२ रुपैयाँ तथा मट्टितेल र डिजेलको १२५ रुपैयाँ पुगेको छ । हवाई इन्धन भने प्रतिलिटर ११६ रुपैयाँ हुन पुगेको छ । एलपी ग्याँसको मूल्यलाई भने यथावत् राखिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्