Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १७, २०७९
In समाचार
0

१७ असार,काठमाडौँ :राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत कानुनका प्राध्यापक तथा अध्ययनरत विद्यार्थीको अहम् भूमिका रहने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसको ६८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विश्वविद्यालयका प्राध्यापकहरूले मुलुकमा भइरहेको संवैधानिक एवं कानुनी अभ्यासका क्रममा यदाकदा देखिने विचलनहरूका बारेमा समेत प्राज्ञिक विमर्शमार्फत कानुन तर्जुमा, न्याय निरुपण र कार्यान्वयनसँग सम्बद्ध निकायहरूहरूलाई निगरानीका साथै पृष्ठपोषणसमेत गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पसको स्थापना दिवस २०७९ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सहभागी हुँदै ।

“मुलुकलाई आवश्यक पर्ने नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्नसक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्नका लागि आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारको विकास गर्दै कानुनी शिक्षालाई युग सापेक्ष बनाउँदै अगाडि लैजान अति आवश्यक छ,” उहाँले भन्नुभयो, “कानुनी शिक्षा मूलतः नागरिकको जीवन, स्वतन्त्रता, प्रतिष्ठा र सम्पत्तिसँग प्रत्यक्ष जोडिएको व्यावहारिक र व्यावसायिक शिक्षा भएकाले यसमा ज्ञान, सीप, विवेक र नैतिकताको सम्मिश्रण हुन अत्यन्तै आवश्यक हुन्छ भन्ने मेरो विश्वास रहेको छ ।”

समारोहमा राष्ट्रपति भण्डारीले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नाका साथै क्याम्पसबाट प्रकाशित स्थापना दिवस स्मारिकाको पनि लोकार्पण गर्नुभयो । यस्तै ‘नेपाल ल क्याम्पस स्वर्ण सम्मान’ डा सूर्य सुवेदीलाई प्रदान गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पसको स्थापना दिवस २०७९ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा स्मारिका सार्वजनिक गर्नुहुँदै ।

समारोहमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतको उपस्थिति रहेको थियो । त्रिभुवन विश्वविद्यालयको स्थापनाअघि नै विक्रम संवत् २०११ मा स्थापित सो ऐतिहासिक क्याम्पसले मुलुकलाई आवश्यक पर्ने कानुन क्षेत्रका दक्ष र क्षमतावान् जनशक्ति उत्पादन गरिरहेको छ ।(रासस)

  • 17shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend