Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जी मोटर्सले नेपाल ल्यायो स्काइवेलको प्रिमियम विद्युतीय नयाँ ब्रान्ड ‘एसयूभी ईटी –५’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २१, २०८०
In ऑटो /मोबाइल
0

काठमाडौं : चिनियाँ विद्युतीय सवारी नयाँ ब्रान्ड स्काइवेलको  ‘एसयूभी ईटी –५’ नेपाल भित्रिएको छ ।जी मोटर्स प्रा. लि. ले आधिकारिक बिक्रेताका रूपमा, ‘स्काइवेल’ प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ईटी ५ ल्याएको प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । 

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी ५ लाई एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर बढी कुदाउन सकिने उनको दाबी छ । गाडिको मूल्य १ करोड ९ लाख तोकिएको छ ।

गेलालले भने, ‘जि मोटर्सको सिस्टर कम्पनी जुन भक्तपुर र इटहरीको लागि एक्सक्लुसिभ डिलरहरु हुने छ  जि ईभी नेपाल जि मोटर्स आयातकर्ताको रुपमा रहने छ । ग्राहकहरुको लागि १ करोड ९ लाख मूल्य अफर गरेका छौ । प्रोडक्टको क्यालिटि, विशेषता हेर्ने हो भने अनविटएवल हुने छ ।

अहिले नेपाली बजारमा उपलब्ध विद्युतिय सवारीमा हामीले पाइरहेका किलोमिटर रेञ्ज बढीमा ५०० छ । हामी एकैचोटी ६०० माथि गैरहेका छौ । यो प्राइज अन्य प्रतिस्पर्धी प्राइज भन्दा स्पेसल प्राइजको रुपमा छ र यो एमआरपी हो । हामी नाडामा बुकिङ गर्ने ग्राहकका लागि  अझ एक्सक्युसिभ प्राइज अफर गर्ने छौं ।’

गेलालले काठमाडौंको नक्साल,भक्तपुरको राधेराधे र सुनसरीको इटहरीमा रहेको आफ्नै तीनओटा स्वरुमबाट सेवा प्रदान गर्ने जानकारी दिए ।उनले भने, ‘हाल तीन स्थानमा नयाँ डिलरको व्यवस्था गरिसकेका छौ । विराटनगर,नारायणघाट र ललितपुरमा डिलर नियुक्ति गरेका छौ  । र आजबाटै हामीले औपचारिक रुपमा यो गाडिको बुकिङ ओपन गरेका छौ ।’

उनले देशका प्रमुख सहर विर्तामोड, जनकपुर, नेपालगञ्ज, भैरहवा, पोखरा,वुटवल र सुर्खेतमा समेत नयाँ डिलरको नियुक्ति प्रकृया चाँडै सुरु गर्ने बताए ।स्काइवेल ईटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ ।

स्काइवेल ईटी ५ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो ।

यी विशेषताले यो विद्युतीय स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्ने छ ।२०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्डका  सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ ।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

ऑटो /मोबाइल

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

अशोज २४, २०८२
ऑटो /मोबाइल

पहिलो महिनामै साढे तीन अर्ब भन्दा बढीको स्मार्ट फोन आयात

भदौ ८, २०८२
ऑटो /मोबाइल

नेपालको अटोमोबाइल उद्योग लाई प्रोत्साहित गर्न आयोजित नाडा अटो शो २०२४

साउन ३०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend