काठमाडौं :सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिनुको लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
बिहीबार चेतन मानन्धरकी पत्नीले दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालय लगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।
सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन समेत आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।अदालतले सो मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन समेत आदेश दिएको छ ।
नेपालगञ्जका चेतन मानन्धरको हत्यामा जन्मकैदको सजाए पाएका रिगललाई ३ असोजमा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेका थिए।



















आफ्नो प्रतिकृया दिनुहोस्