Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १८, २०८२
In विविध
0

१८ चैत,मकवानपुर । मकवानपुरका दुर्गम क्षेत्र कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा अवैध गाँजा तथा अफिम खेती नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले कडाइ गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले ती क्षेत्रमा विशेष निगरानी बढाइएको जानकारी दिएका छन्।

उनका अनुसार केही स्थानमा अझै पनि गाँजा र अफिम खेती भइरहेको सूचनाका आधारमा अनुगमनलाई तीव्र बनाइएको हो। अवैध खेती पूर्ण रूपमा नियन्त्रण गर्न स्थानीय तह, जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताएका छन्।

‘खेती प्रणाली परिवर्तन गरी वैकल्पिक उत्पादनमा नलागेमा र गाँजा वा अफिम खेती गरेको पाइएमा कानुनअनुसार कडा कारबाही गरिनेछ,’ प्रजिअ अधिकारीले चेतावनी दिए।

जिल्ला प्रशासन कार्यालयले किसानलाई वैकल्पिक खेती तर्फ आकर्षित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। साथै, स्थानीय तहलाई अवैध खेती पहिचान गरी नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ।

प्रशासनले किसानहरूलाई कानुनी दायराभित्र रही उत्पादनमुखी र दीगो खेती प्रणाली अपनाउन आग्रह गरेको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२
विविध

पाशुपत क्षेत्रमा बज्रेश्वरीको देशद्वार पूजा सम्पन्न, ऐतिहासिक जात्राको शुभारम्भ

चैत्र २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal