Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ३, २०८२
In विविध
0

३ चैत,काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले दुई जना संचारकर्मीलाई पुरस्कृत गरेको छ । सोमबार काठमाडौंमा सम्पन्न एनआरएनएको १२ औँ अधिवेशन तथा विश्व सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा नेपाल न्यूज बैंक समाचार एजेन्सीका सम्पादक युवराज गौतम र आर्थिक न्यूज डटकमकी कार्यकारी सम्पादक मुना कुँवरलाई पुरस्कृत गरेको हो ।

विदेशमा बसोबास गर्ने नेपालीहरुका मुद्दामा कलम चलाएको एवम उत्कृष्ट रिसर्च आर्टिकल लेखे वापत उनीहरुलाई पुरस्कृत गरिएको हो ।गैरआवासीय नेपाली संघ यूकेले सन् २०१३ मा स्थापना गरेको ‘उत्कृष्ट एनआरएनए पुरस्कार’ अन्तर्गत यस वर्ष उत्कृष्ट रिसर्च आर्टिकलका आधारमा उनीहरू चयन भएका हुन् ।

एनआरएनएका मिडिया संयोजक चिरन शर्माका अनुसार गौतमलाई गैरआवासीय नेपालीहरूको मताधिकार सम्बन्धी गहिरो अनुसन्धानमूलक लेखका लागि सम्मान गरिएको हो । लामो समय देखि सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता गर्दै आएका गौतमको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

गौतम निरन्तर रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा अनुसन्धानमूलक र तथ्यपरक सामग्री प्रस्तुत गर्दै पाठकहरूको विश्वास जित्दै आएका छन । कुँवर विदेशमा रहेका नेपाली श्रमिकहरुका मुद्दामा कलम चलाउँदै आएकी छिन् ।कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. बद्री केसी र यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले संयुक्त रूपमा गौतम र कुँवरलाई नगद सहित पुरस्कार प्रदान गरेका थिए ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

पाशुपत क्षेत्रमा बज्रेश्वरीको देशद्वार पूजा सम्पन्न, ऐतिहासिक जात्राको शुभारम्भ

चैत्र २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend