Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पाशुपत क्षेत्रमा बज्रेश्वरीको देशद्वार पूजा सम्पन्न, ऐतिहासिक जात्राको शुभारम्भ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २, २०८२
In विविध
0

(सुजन तिमल्सिना),२ चैत,काठमाडौं ।पाशुपत क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बछलेश्वरी, बज्रेश्वरी र आकाश भैरवसँग सम्बन्धित परम्परागत जात्राको औपचारिक सुरुवात भएको छ। दुदुच्याच्या अर्थात् निमन्त्रणा पूजा सम्पन्न भएपछि आइतबार साँझ बज्रेश्वरीको विशेष देश द्वार पूजा विधिवत् रूपमा सम्पन्न गरिएको हो।

तिलगंगा अगाडि रहेको पिंगला स्थान क्षेत्रमा बाटोमुनि अवस्थित देवताको रातभर विशेष पूजाअर्चना गरी पगारी बाँध्ने प्रचलन रहेको संस्कृतिविद् मुकुन्द वैद्यले जानकारी दिएका छन्। उनका अनुसार उक्त पूजामा विभिन्न नौ जातजातिको सहभागिता रहने गर्दछ, जसले परम्परागत सांस्कृतिक मूल्य र सामाजिक एकताको प्रतिविम्ब प्रस्तुत गर्छ।

जनविश्वास अनुसार यस पूजाले दानव वा अशुभ शक्तिले मानवलाई दु:ख नदिने तथा समाजमा शान्ति कायम रहने विश्वास रहि आएको छ।देश द्वार पूजा नेपाली धार्मिक–सांस्कृतिक परम्परामा अत्यन्त महत्वपूर्ण मानिने विशेष अनुष्ठान हो। यो पूजा देशमा शान्ति, समृद्धि, सुरक्षा तथा समग्र जनकल्याणको कामना गर्दै सम्पन्न गरिन्छ।

परम्परागत मान्यता अनुसार यस्तो पूजाले सम्भावित विपत्ति, महामारी, अनिष्ट वा अशान्तिलाई टार्न सहयोग पुग्ने विश्वास गरिन्छ।यस अवसरमा बज्रेश्वरी, बछलेश्वरी र आकाश भैरव जस्ता शक्तिशाली देवदेवीहरूको आवाहन गरी देशको रक्षा, शान्ति र समृद्धिका लागि आशीर्वाद मागिन्छ। तान्त्रिक विधि अनुसार विशेष पूजा, हवन तथा मन्त्र उच्चारण गर्दै देवदेवीलाई प्रसन्न पार्ने परम्परा रहेको छ।

यसले धार्मिक आस्थासँगै समुदायबीच एकता र सांस्कृतिक निरन्तरतालाई मजबुत बनाउने विश्वास गरिएको छ।परम्परा अनुसार बछलेश्वरी जात्रा जस्ता महत्वपूर्ण र लामो जात्राहरूको आरम्भ पनि यही देश द्वार पूजाबाट हुने गर्दछ। यसलाई जात्राको शुभारम्भको प्रतीकका रूपमा लिइन्छ, जसले जात्राभर कुनै अवरोध नआओस् र सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भन्ने विश्वास व्यक्त गर्दछ।

यस पूजाको सञ्चालन तथा व्यवस्थापनमा गुठी परम्पराको विशेष भूमिका रहने गर्दछ। विशेषगरी पलोवाल गुठियारले पालोअनुसार पूजाको जिम्मेवारी सम्हाल्ने परम्परा छ। वर्तमान गुठियारले आफू भन्दा कान्छो गुठियारलाई आगामी वर्ष देश द्वार पूजा सञ्चालन गर्ने जिम्मेवारी हस्तान्तरण गर्ने चलन पनि रहेको छ।

यस प्रक्रियालाई ‘पाबु’ वा ‘पालो सुम्पने’ भनिन्छ, जुन तान्त्रिक विधि–विधानअनुसार गरिने परम्परागत संस्कार हो। यसले जिम्मेवारी हस्तान्तरण मात्र नभई पुस्तौँ देखि चल्दै आएको धार्मिक परम्पराको निरन्तरता कायम राख्ने कार्य पनि गर्दछ।

पुस्तौँ देखि चलि आएको यस्तो परम्पराले धार्मिक आस्था, सामाजिक जिम्मेवारी र सांस्कृतिक निरन्तरताको सुन्दर समन्वय प्रस्तुत गर्दै आएको छ। यही कारणले देशद्वार पूजा आज पनि उपत्यकाको धार्मिक तथा सांस्कृतिक जीवनमा विशेष महत्वका साथ मनाइँदै आएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend