३१ श्रावण,काठमाडौं: भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करले १महिलाको मृत्यु भएको छ ।ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालक लाई टक्कर दिदा घटना उनको स्थलमै मृत्यु भएको हो ।
उक्त स्कुटरलाई ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ट्रकले पछाडीमा आएर अचानक ब्रेक लगाउँदा स्कुटर घिसारेर थिचिएको थियो ।मृत्यु भएकी महिलाको सनाखत भएको छैन । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
ट्रकको चक्काले किचेको अवस्था माप्रहरीले मृतकको शव निकालेको छ ।घटना पश्चात घटनास्थलमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना भएको भन्दै गठ्ठाघरमा सर्वसाधारणले उग्र विरोध गरेका थिए ।
उनीहरुले प्रहरी माथि ढुङ्गा प्रहार गरेका थिए । स्थिति नियन्त्रणमा लिन काठमाडौं बाट १९५ जनाथप प्रहरी परिचालन गरिएको थियो ।
| # | File Name | Content |
|---|



















आफ्नो प्रतिकृया दिनुहोस्