Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विपद्पछि स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गर्दै स्वास्थ्य मन्त्री

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २०, २०८१
In समाचार
0

२० गते असोज,काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपत पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्य कर्मीहरुले गरि रहेको कामको अवलोकन गरेका छन् ।बाढी र पहिरोका कारण धन जनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथान चोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भैरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरुले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए ।

मन्त्री पौडेलले उपचाररत बिरामीहरु सँग सेवा बारे जानकारी लिंदै निःशुल्क उपचार पाए नपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै बिरामी सँग प्रश्न गरे ।परिवारका सात जना गुमाएका माइला तामाङ सँग परिवारको दुःख प्रति सहानु भूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमी भए भन्न आग्रह गरे । जवाफमा तामाङले भने, उपचार त राम्रो पाइ रहेको छु । पैसा तिर्नु पनि परे ।

तर परिवारका कोही बचेनन् बस्ने घर पनि छैन । सरकारले उपचार पछि जाने ठाउँ पनि खोजिदिए हुन्थ्यो, जवाफमा मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने भन्दै बाँकी सहयोगका लागि पनि सकेको पहल हुने बताए ।मन्त्री पौडेलले बिरामीको उपचारका लागि धुलिखेल अस्पतालले पुर्याएको सहयोग प्रति धन्यवाद दिंदै अब प्रदुषित पानी तथा फोहोरका कारण संक्रमण फैलन सक्ने भन्दै त्यस लाई रोकथाम गर्न पनि सचेतना फैलाउन र उपचारको तयारी गर्न आग्रह गरे ।

मन्त्रालयले स्वास्थ्य संकट आउन नदिन पानीको शुद्धि करण र सरसफाइ बढाउन अनि बिरामीको सहज उपचारका लागि आवश्यक हरसम्भव उपाय अपनाउने भन्दै उनले सचेतना फैलाउने काममा तीनै तह मिलेर जान सकिए मात्र सम्भव हुने बताए ।

पनौती १२ भूमिडाँडा कलातीमा पहिरोमा भत्किएको स्वास्थ्य चौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्य कर्मी लाई सेवाका लागि धन्यवाद दिंदै मन्त्री पौडेलले नागरिक लाई संक्रामक रोग लाग्न नदिन पानीको शुद्धि करण र सरसफाइका लागि चाहिने सामग्री आवश्यकता अनुसार उपलब्ध गराउने बताए । 

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend