२६ असोज,काठमाडौं: अन्तर ९ व्यवस्थापिका संघ (आईपीयू)को १४९ औँ महा-सभामा भाग लिन राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल नेतृत्वको संसदीय प्रतिनिधि मण्डल स्वीट्जरल्यान्डको जेनेभा तर्फ लागेको छ।
गए राति(शुक्रबार) अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसद्को ९ सदस्यीय टोली आईपीयू महा-सभामा भाग लिन जेनेभा प्रस्थान गरेको हो।असोज २७ गते देखि कार्तिक १ गते सम्म चल्ने आईपीयूको १४९ औँ महा-सभामा सहभागी हुने नेपाली संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा अध्यक्ष दाहालको नेतृत्वमा प्रतिनिधि सभा सदस्यहरू सुनिता बराल र निशा डाँगी तथा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्ण प्रसाद पौडेल सहभागी छन्।
त्यसै गरि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सह-सचिव सीता वाग्ले काफ्ले, उप-सचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णु प्रसाद सापकोटा पनि प्रतिनिधिम ण्डलमा छन्।
आईपीयूको महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालले ‘शान्ति पूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नव:प्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फ बाट सम्बोधन गर्ने कार्य सूची रहेको छ।। प्रतिनिधि सभा सदस्य द्वय सुनिता बराल र निशा डाँगीले ‘फोरम अफ योङ पार्लियामेन्टेरियन फोरम अफ वूमन पार्लियामेन्टेरियन’मा सहभागिता जनाउने छन् ।
अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधि मण्डल एवं अन्तर ९ व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरू सँग भेट घाट गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधि मण्डल कार्तिक ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्