३० असोज,काठमाडौं: देश भर डेंगी सङ्क्रमण तीव्र रुपमा फैलि रहेको छ । सङ्क्रमण बाट हाल सम्म नौ जनाले ज्यान गुमाइ सकेका छन् ।ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ ।
डेंगी सङ्क्रमण मुलुकका ७६ जिल्ला सम्म फैलिएको महाशाखाले जनाएको छ । काठमाडौँमा डेंगी सङ्क्रमण बाट हाल सम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् ।
यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगी सङ्क्रमण देखिएको छ भने तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
विसं २०८० को पुस मसान्त सम्म देश भर झण्डै ५२ हजार भन्दा बढीमा डेंगी सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो ।डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइ बाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।
लामखुट्टेको टोकाइ बाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डा खुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरि रहने, सुत्ने बेला झुलको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्