जनकपुर । मधेश प्रदेशकै प्रसिद्ध धार्मिक स्थल जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्ष आयोजना हुने विजयादशमीका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ ।
शुक्रबार महावीर युवा कमिटिले पत्रकार सम्मेलन मार्फत कार्यक्रमको विस्तृत विवरण सार्वजनिक गरेको हो । कमिटिका अध्यक्ष दीपक कुमार साह ‘मिन्टु’ का अनुसार शनिबार बिहान ८ बजे शुभकामना र्याली निकालिने छ ।

त्यस पछि आइतबार दिउँसो ४ बजे जिल्ला समन्वय समितिको प्राङ्गणमा बेलनौती कार्यक्रम, सोमबार त्यही स्थानमा बेलतोड़ी कार्यक्रम हुनेछ । सोमबार साँझ ६ बजे राजदेवी मन्दिर परिसरमा भव्य श्रृंगार कार्यक्रम हुने बताइएको छ ।
मंगलबार बिहान देखि भक्तजनलाई प्रसाद वितरण शुरु हुनेछ भने साँझ ७ बजे बोका बली प्रदान गर्ने परम्परागत कार्यक्रम हुनेछ ।
त्यस्तै अर्को कार्यतालिका अनुसार विहीबार दिउँसो १ बजे नगर परिक्रमा सहित भगवान श्रीरामको विजय र्याली निकालिने छ । सोही दिन साँझ ७ बजे रावण वध कार्यक्रम तथा राति ८ बजे झाँकी प्रदर्शन र महाप्रसादको व्यवस्था रहने छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्