०३ कार्तिक,काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छान बिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति रवि लामिछाने लाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ ।
कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर न्यायिक निकायको छान बिन लाई सघाउन सधैँ तयार रहेको तर राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
बिना कारण, बिना आधार सभापति लाई पक्राउ गरेर आम नागरिकको सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँ अपचलन गर्ने लाई उन्मुक्ति दिने खेल शुरू भएको समेत रास्वपाले आरोप लगाएको छ ।
गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडी जस्तो अर्बाैंको घोटालामा आपसी समझदारीमा एक अर्का लाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियान प्रति आक्रमण गरेका रास्वपाको आरोप छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्