०४ कार्तिक,काठमाडौं: नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक छलफल हुने बुझिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लाई सहकारी प्रकरणमा पक्राउ परेको विषय लाई लिएर तर्क वितर्क भइ रहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् ।
०००




















आफ्नो प्रतिकृया दिनुहोस्