०७ कार्तिक,काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् ।बुधबार बिहान भएको पार्टी निकट नेपाल बुद्धि जीवी संगठनका पदाधिकारीहरु सँगको भेटमा अध्यक्ष दाहालले सरकारका काममा सत्ता रुढ दल कै नेताहरु सन्तुष्ट नरहेको बताएका हुन् ।
उनले भने, ‘सरकारको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यस लाई नै पुष्टि गर्ने काम गरेको छ । विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्ता रुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइ रहेका छन् । यस बाट सरकार गर्नु पर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ ।’
उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लाई हटाउन खोज्ने, सामान्य प्राविधिक त्रुटि लाई लिएर उप-सभामुख हटाउन खोज्ने देखि पछिल्लो समय प्रधानमन्त्री स्वयंले नेतृत्व गरेको दलले विवादित व्यवसायी बाट जग्गा दान लिने सम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनको भनाइ थियो ।
सरकारका गलत रवैया रोक्न र गर्नु पर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले ज्ञापन पत्र बुझाइ सकेको उल्लेख गर्दै उनले राष्ट्रपति लाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताए ।
त्यस्तै, उनले अब आफ्नो पार्टीले सरकारका गलत क्रियाकलापको बिरोधमा सडक बाट समेत आवाज उठाउने तयारी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न थालिएको जानकारी दिए ।उनले पार्टीको पक्षमा देश ब्यापी राम्रो माहोल बन्दै गएको उल्लेख गर्दै बुद्धि जीवी संगठन लाई पनि सोही अनुसार आफ्नो भूमिका बढाउन आग्रह गरे ।




















आफ्नो प्रतिकृया दिनुहोस्