Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विकास निर्माणमा कांग्रेसले कुनै सम्झौता गर्दैन: (डा. महत)

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ७, २०८१
In समाचार
0

०७ कार्तिक,नुवाकोट: नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले विकास निर्माणमा कुनै सम्झौता नहुने बताएका छन् ।नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका स्थित सिक्रे मैदान तलाखु छाप सडक स्तरोन्ती कार्यक्रमको शुभारम्भ गर्दै विकास निर्माणका लागि कुनै सम्झौता नहुने बताएका हुन् ।

उक्त सडक निर्माणको ठेकेदार कम्पनी लाई सुझाव दिँदै उनले तोकिएको मितिमा काम सम्पन्न गर्न र गुणस्तरीय काम गर्न आग्रह गरेका छन् ।पूर्व अर्थमन्त्री डा. महतले सडक पूर्वाधार कार्यालयका प्रमुख कार्यक्रममा उपस्थित नभएको प्रति असन्तुष्टि जनाउँदै काम गरि सके पछि कामको भुक्तानी समयमा दिन र अन्ट टन्ट नगर्न पनि आग्रह गरे ।

डा. महतले माओवादी नेताहरुले उक्त सडक निर्माण गर्ने भन्दै धेरै पटक शिलान्यास गरेको तर बजेट हाल्न नसकेको प्रति इंगित गर्दै भने, ‘वर्षामान पुन जी अर्थमन्त्री र हितबहादुर जी पर्यटन मन्त्री बन्नु भयो, तर उहाँहरुले नुवाकोटका लागि कहाँ बजेट राख्नु भयो त जानकारी पाउन पाए हुन्थ्यो ?’नेता महतले काम गर्न नसक्ने र नगर्ने तर आफूले गरेको भनेर धाक लगाउने गरेको भन्दै जनता लाई भुक्याएर राजनीति नगर्न पनि चेतावनी दिए ।

डा. महतले कांग्रेसका नेता कार्यकर्ता लाई कांग्रेसले गरेको कामलाई सकारात्मक रुपमा प्रचार गर्न पनि निर्देशन दिए । उनले राजनीतिक दल जनताको सेवा गर्ने साधक मात्र भएको भन्दै पार्टी लाई नै सेवा गर्नु पर्ने भयो भने त्यो पार्टी हुन नसक्ने पनि उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति तथा प्रदेश सभा सदस्य रमेश महत, शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलिया, पूर्व अध्यक्ष रामकृष्ण थापा, कांग्रेस नेतृ अप्सरा थापा लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।डा. महतको पहलमा उक्त सडक निर्माणका लागि संघीय सरकारको अनुदानमा कालो पत्रे गर्ने काम सुरु भएको हो । एक वर्ष भित्र सडकको काम सम्पन्न गर्ने गरि ठेक्का प्रक्रियामा सम्झौता भएको छ ।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend