०८ कार्तिक,काठमाडौं: बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेश सरकारले पुष्प व्यवसाय लाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याँउन लागिएको बताएका छन् ।१७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ को समुद्घाटन गर्दै मन्त्री श्रेष्ठले कसरी पुष्प व्यवसाय लाई अगाडि बढाउन सकिन्छ त्यो अनुसार अगाडि बढ्नु पर्ने बताएका हुन् ।
उनले भने, ‘कृषि क्षेत्रको विकास र प्रर्वद्घनमा विशेष गरी पुष्प व्यवसाय लाई प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले पुष्प व्यवसायी लाई प्राथमिकतामा राखेर एउटा विशेष कार्यक्रम ल्याँउन लागेका छौं। बागमती प्रदेश सरकार मातहतमा रहेका हाम्रो कार्यालयहरु सँग समन्वय गरेर कृषि क्षेत्रको विकास र प्रर्वद्घनमा विशेष गरी पुष्प व्यवसायी खेतीको लागि प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उदेश्यले काम अगाडि बढाउने क्रममा छौं ।’
साथै उनले पुष्प व्यवसायको विकासमा तीनै तहका सरकारले जोड दिनु पर्ने बताए । उनले संघियतामा मुलुक गैइसके पछाडि पुष्प व्यवसायी र सरकार बीच समन्वयको अभाव भएको बताए ।




















आफ्नो प्रतिकृया दिनुहोस्