Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

शिक्षामन्त्री भट्टराईले सार्वजनिक गरिन ४३ बुँदे उपलब्धि

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ८, २०८१
In समाचार
0

०८ कार्तिक,काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सय दिनमा मन्त्रालय बाट भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेकी छन् ।बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उपलब्धिहरु सार्वजनिक गरेकी हुन् । मन्त्री भट्टराईले ४३ बुँदामा आफ्ना उपलब्धिहरु सार्वजनिक गरेकी हुन् ।

यस्ता छन् मन्त्रालय बाट भएका प्रमुख उपलब्धिहरु:

१. स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको ।

२. अनिवार्य तथा नि:शुल्क शिक्षाको तिने तहका सरकारको जिम्मेवारी सहितको कार्यान्वयन कार्ययोजना तयार भएको ।

३. माध्यामिक तह सम्मको शिक्षा लाई अनिवार्य र नि:शुल्क बनाउने सरकारको सोच अनुरूप कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको ।

४. विद्यालय तहको परीक्षा तथा मूल्यांकन प्रणालीमा सुधारको कार्ययोजना तयार भएको ।

५. ख्वप विश्व विद्यालयको विधेयकको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रि परिषद्मा पठाइएको ।

६. उच्च शिक्षा विधेयकको मस्यौदा तयार गरी नेपाल कानुन आयोगमा पठाइएको।

७. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विधेयकको मस्यौदा अर्थ मन्त्रालयको सहमतीका लागि पठाइएको।

८. ९२४ ओटा शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरुको नवीकरण गरिएको उक्त संस्थाहरुको आवश्यकता अनुसार आकस्मिक निरीक्षण अनुगमन गर्ने र नवीकरण पत्र दिदा स्वीकृति पत्र, राजस्व समेतका कागजातको परीक्षण गर्ने निर्णय गरिएको ।

९ .रेडियोधर्मी पदार्थ तथा विकीरण सुरक्षा सम्बन्धमा मापदण्ड कार्यान्वयनका लागि ६ ओटा स्वास्थ्य संस्थाको अनुगमन सम्पन्न भएको।

१०. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रम सुधारको खाका तयार भएको।

११. विदेशी विश्व विद्यालयबाट सम्बन्धन प्राप्त शैशिक संस्थाहरू बाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरू व्यवस्थित गर्ने कार्ययोजना निर्माण भएको।

१२. ऋत्भ्ख्त् का आङ्गिक शिक्षालयहरू बाट सरकारी अस्पताल सँग सम्झौता गरी मधेश, लुम्बिनी र कर्णाली प्रदेशमा फार्मेसी र नर्सिङको कक्षा संचालन गर्ने गरी निर्णय भएको।

१३. संघ, प्रदेश र स्थानीय तह बीच समन्वय र साझेदारीका लागि सातै प्रदेशका सामाजिक विकास मन्त्री, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ सम्मिलित विषयगत समितिका तीन ओटा बैठक सम्पन्न गरिएको ।

१४. मौजुदा विद्यालय शिक्षक दरबन्दीको पुन:रावलोकन गरी अपुग दरवन्दीको विश्लेषण साथ प्रस्ताव गर्न कार्यदल गठन गरिएको।

१५. शिक्षक सँग पाठ्यक्रम विकास केन्द्र कार्यक्रम सञ्चालन निर्देशिका, २०८१ स्वीकृत गरी कार्यान्वयनमा रहेको।

१६. प्राविधिक धार कक्षा (९–१२) मा अध्यापन गराउने शिक्षकहरूको विषयगत योग्यता निर्धारण गरिएको।

१७. विदेशी विधविद्यालयहरु बाट सम्बन्धन लिई नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरेका शैक्षिक सस्थाहरू लाई नियमन र व्यवस्थित गर्न गठित कार्यदलको प्रतिवेदन प्राप्त भएको ।

१८. मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५०. ५० सिट निर्धारण गरी:द्यद्यक् कार्यक्रम सुरु गरिएको।

१९. मागको आधारमा २८८४ जनाको सिप परीक्षण सम्पन्न भएको।

२०. विज्ञान, प्रविधि तथा नव प्रवर्तनका लागि इउभल म्बतब एबितायचm को अवधारणा पत्र तयार भएको।

२१. विद्यालय तहको पाठ्यक्रम परिमार्जन कार्य थालनी भएको।

२२. राष्ट्रिय परीक्षा बोर्डको पुन संरचना मार्फत समग्र परीक्षा प्रणालीमा सुधारका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको।

२३. प्रारम्भिक बाल कक्षाको समयावधि र निजी बिधालयद्वारा लिने गरेको शुल्क लाई व्यवस्थित गर्न सुझाव कार्यदल गठन भएको।

२४. पुस्तक नीतिको मस्यौदा स्वीकृतिको चरणमा रहेको।

२५. १२ ओटा राष्ट्रिय सिप प्रमाणिका राष्ट्रिय दक्षता प्रमाणिका (ल्इक्क्ल्ऋ-क्) निर्माण कार्य सम्पन्न भएको।

२६. विद्यार्थीका लागि खुला तथा अनलाइन सिकाइको अवसर अभिवृद्धि गर्न दूर शिक्षा तथा खुला सिकाइ र सूचना प्रविधिको प्रयोगसँग सम्बन्धित सिकाइ चौतारी लाई व्यवस्थित गरी गरिएको।

२७. सबै स्थानीय तहले एक वर्ष भित्र स्थानीय तहको शिक्षा योजना तर्जुमा गर्नका लागि प्रशिक्षक प्रशीक्षण कार्यक्रम सञ्चालन गरिएको।

२८. मातृ भाषामा शिक्षा सम्बन्धी माप दण्डको मस्यौदा तयार पारिएको।

२९. दृष्टिविहीन बालबालिका लाई निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, बाल विकास केन्द्रका सहज कर्ताका लागि बुटक्याम्प तालिम सञ्चालन, मेगा किचन संचालन र बालबालिका लागि अनलाइन तथा श्रव्यदृश्य सामग्री विकासका लागि कार्य विधिका मस्यौदा तयार पारिएको।

३०. विद्यालय व्यवस्थापन समिति मार्फत विद्यालय पुनर्निर्माण कार्य विधि २०८१ स्वीकृत भई जिल्लागत कोटा निर्धारण गरी रकम पठाउने चरणमा रहेको।

३१. विद्यालयको भौतिक पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन कार्य विधि २०८० लाई विनियोजन ऐन, २०८१ बमोजिम परिमार्जन गरिएको।

३२. प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम सुधार सम्बन्धी अध्ययन कार्यदल बाट प्रतिवेदन प्राप्त भई कार्यान्वयनको चरणमा रहेको।

३३. विश्व विद्यालयहरूको व्यबस्थापन, गुणस्तर र भौतिक सुधारका लागि मन्त्रालय, विश्व विद्यालय अनुदान आयोग र सम्पूर्ण विश्व विद्यालय सँग छलफल गरी सुधारको कार्य सुरु गरिएको, सामुदायिक क्याम्पसका शिक्षकको स्तर निर्धारण गरिएको।

३४. असोज ११-१२ को वर्षा बाट प्रभावित विद्यालयहरूको क्षतिको विवरण संकलन गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ बाट कात्तिक ५ गते भित्र र प्रदेश शिक्षा विकास निर्देशनालय बाट सो सम्बन्धमा दुत सर्वेक्षण गरी कात्तिक मसान्त भित्र प्रतिवेदन पेस गर्ने गरी निर्णय गरिएको।

३५. विपद् व्यवस्थापनका लागि प्रत्येक प्रदेशका शिक्षा हेर्ने मन्त्रालयमा विनियोजित रु २ करोड र प्रत्येक पालिकामा विनियोजित ४–६ लाख सम्मको बजेट बाट तत्कालीन रूपमा विद्यालयको सरसफाइ र वैकल्पिक सिकाइ व्यवस्था लगायतका काम तुरुन्त प्रारम्भ गर्ने गरी योजना बनाइएको।

३६. श्रम बजारको मागका आधारमा प्राविधिक शिक्षालयको नक्साङ्कनका लागि काम अधि बढाइएको।

३७. मुगु जिल्ला साक्षर जिल्ला घोषणा भई साक्षर घोषणा हुने जिल्लाको संख्या ६५ पुगेको।

३८. जाजरकोट र रुकुम पश्चिममा भूकम्प बाट प्रभावित विद्यालयको पुन:र्निर्माणको लागि प्रक्रिया अघि बढाइएको।

३९. ऋत्भ्ख्त् का सम्बन्धमा प्राप्त गुनासाको तत्काल सम्बोधन गर्नका लागि संयन्त्र तयार गरिएको।

४०. पाठ्यक्रम विकास केन्द्र बाट प्रदान गरिने समकक्षता प्रमाण पत्र अनलाइन आवेदन पेस गरे पश्चात् लाग्ने १५ दिनको अवधि लाई घटाएर पाँच दिन भित्रै प्रदान गरिने व्यवस्था गरिएको।

४१. चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फाराम भरेका र नतिजामा नन ग्रेडेड (ल्न्) मा परेका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोग बाट फिर्ता गरिएको।

४२. त्रिभुवन विश्व विद्यालयले आगामी वर्ष देखि वार्षिक परीक्षा प्रणाली अनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रत्रपत्रहरू तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने निर्णय गरेको।

४३. कक्षा १० उत्तीर्ण गरेका विद्यार्थी मध्ये २५०० जनालाई औद्योगिक प्रशिक्षार्थी तालिम प्रदान गर्न प्रवेश परीक्षा सञ्चालनका लागि सूचना प्रकाशन गरिएको।

  • 20shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend