१० कार्तिक,काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।दिउँसो १ बजका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च:मति स्थित बस्ने छ ।बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनको स्वरुप लगायतका विषयहरुमा छलफल हुने बताइएको छ ।
पार्टी सभापति रवि लामिछाने पक्राउ परे पछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबार देखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्