११ कार्तिक,काठमाडौं: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एक भन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् ।आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताएका हुन् ।
उनले भने, ‘एउटै उद्देश्य भएका सहकारीहरुमा दुई तीन ठाउँमा बस्न पाइन्न । एउटा व्यक्ति यता पनि छ उता पनि छ । अनि कतै भ्याउँदैन, परिणाम पनि आउँदैन । यो कुरा लाई कसरि सुधार गर्नु पर्छ तपाईहरु ध्यान दिनु होला । यो नियम कानून बनाउँदा खेरि कर्मचारीले आफूले जे सिक्दै आएको छ, जे भोग्दै आएको छ । त्यसको आधारमा ड्राफ्ट बनाउँदो रहे छ । अनि आफूले रिटायर्ड लाईफ पछि पनि आफू अनुकुल हुनेगरि कानूनको ड्राफ्ट तयार गरिन्छन् । यसले गर्दा समस्या आएको हो । ’
साथै उनले सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको बताए । उनले हिजो अप्ठ्यारो भएका कुराहरु लाई फुकाउने गरी कानून बनाउन समेत आग्रह गरे ।
उनले भने, ‘हामीले समाजवादी लक्ष्य लिएका छौं । सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको छ । त्यस लाई पूरा गर्नको निम्ति हिजो अप्ठ्यारो भएका कुराहरु लाई फुकाउने गरी कानून बनाउने हो नि । हिजोको जटिलता लाई अहिले पनि जटिलतामा थुपारियो भने समाधान हुन सक्छ ? अहिले मैंले भूमि सुधार आयोग बनाउने भनेर भनेको छु । अब हामी आयोग गठन गर्ने तिर जाँदैछौं ।’




















आफ्नो प्रतिकृया दिनुहोस्