११ कार्तिक,काठमाडौं: महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले एकस दिन अवधिमा गरेका कार्य विवरण सार्वजनिक गरेका छन् ।आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री सुडीले एकस दिनको अवधिमा आफूले गरेको काम सार्वजनिक गरेका हुन् ।
कार्य विवरण सार्वजनिक गर्दै मन्त्री सुडीले मानव बेचबिखन तथा ओसार पसार बाट प्रभावित भएका ७७ जना महिला लाई स्वदेश फिर्ता गरि पारिवारिक पुर्न मिलन गराएको बताए ।उनले भने,‘मानव बेचबिखन तथा ओसार पसार बाट प्रभावित भएका ७७ जना महिलाको स्वदेश फिर्ता पारिवारिक पुर्न मिलन तथा पुर्न स्थापना गरिएको छ ।’
त्यस्तै उनले बालबालिका सम्बन्धि ऐन २०७५ संशोधनको लागि मस्यौदा तयार तयारीको चरणमा रहेको जानकारी गराए । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ संशोधन विधेयक मस्यौदा मन्त्री परिषद्मा पेस गरिएको उनको भनाई छ ।
उनले भने,‘बालबालिका सम्बन्धि ऐन २०७५ संशोधनको लागि मस्यौदा तयार तयारीको चरणमा छ । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ संसोधन विधेयक मस्यौदा मन्त्री परिषद्मा पेस गरिएको छ ।’




















आफ्नो प्रतिकृया दिनुहोस्