१६ कार्तिक,काठमाडौं: नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीमहाकाली युवा संकल्प यात्रा हुने भएको छ ।
कात्तिक २३ गते झापाको मेचीनगर बाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने छ । संकल्प यात्राका दौरानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने शाहीले जानकारी दिए ।
‘यात्रा कांग्रेसका युवा नेताहरुको सामुहिक प्रयास हो । यस यात्राले देश भरका युवाहरु लाई लोक तन्त्र, विधिको शासन, युवाको हक हित र जन अधिकारका पक्षमा ऐक्यवद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित समेत गर्ने छ,’नेता शाहीले भने,‘यात्राले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्धन, दण्डही नताको अन्त्य, भ्रष्टाचारको उन्मुलन, सुशासन, युवा उद्यमशीलताको प्रवर्धन र राष्ट्र निर्माणको नेतृत्वका लागि युवा लाई प्रोत्साहित गर्ने छ ।’
यात्राका दौरान कोशी प्रदेशको मेचीनगर दखि सुदूरपश्चिमको महेन्द्रनगर सम्मका युवाहरु सँग समसायिक राजनीति, भ्रष्टाचार नियन्त्रण, सुशासन, नवप्रवर्तन र उद्यमशीलताका विषयमा छलफल र अन्तरक्रिया गरिने पनि उनले जानकारी दिए ।
यात्राको प्रारम्भिक कार्यतालिका अनुसार २३ गते मेचीनगर, २४ गते इटहरी–मोरङ र सुनसरी, २५ गते लाहान (सप्तरी र सिराहा), २६ गते जनकपुर (धनुषा र महोत्तरी)
२७ गते चपुर (सर्लाही रौतहट), २८ गते वीरगन्ज(बारा र पर्सा), २९ गते भरतपुर (मकवानपुर, चितवन र नवलपुर), ३० गते वुटवल (नवलपरासी, रूपन्देही र कपिलबस्तु)मा अन्तरक्रिया गरिने निश्चित भइ सकेको आयोजकको भनाइ छ ।
त्यस्तै, मङ्सिर १ गते लमही, दाङ, २ गते विरेन्द्रनगर, सुर्खेत, ३ गते कोहलपुर (बाँके र बर्दिया), ४ गते महेन्द्रनगर (कैलाली र कञ्चनपुर)मा संकल्प यात्रा हुने जनाइएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्