१८ कार्तिक,काठमाडौं: उप-प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् ।वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागि हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार विहान ८ बजे कायरो प्रस्थान गरेका हुन् ।
उप-प्रधानमन्त्री सिंह लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा विदाइ गरेका छन् ।विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन् ।
अन्य देश बाट शहरी विकास संग सम्बन्धित मन्त्रीहरू सहभागी हुने छन् भने नेपाल बाट उप-प्रधानमन्त्री समेत रहेका सिंहको उपस्थिति रहने छ ।शहरी विकासका बारे विश्व सम्मेलनमा उप-प्रधानमन्त्री सिंहले ३ वटा सत्र लाई सम्बोधन गर्ने छन् ।
सो क्रममा उनले नेपालले वस्ति विकासका क्रममना भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगि रहेको समस्या र वस्ति विकासमा नेपालले हासिल गरेको उपलब्धि बारे संसारको ध्यानाकर्षण गराउने छन् ।
नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरि कसरी शहरी करण र वस्ति विकास गर्न सकिन्छ भन्ने विषय लाई उप-प्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउने बताइएको छ ।
त्यस्तै शहरी करणका लागि चुनौति बनि रहेको खानेपानी, सरसफाई र शहरी पूर्वाधारको व्यवस्थापनको विषय लाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।नोभेम्बर ४ देखि ८ तारिख सम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदै छ ।
वर्ल्ड अर्बान फोरम शहरी विकासको क्षेत्रमा महत्वपूर्ण मानिन्छ ।उप-प्रधानमन्त्री सिंह सँगै पत्नी सिर्जना सिंह, शहरी विकास मन्त्रालयका अधिकारीहरू कायरो प्रस्थान गरेका छन् । सिंह कार्यक्रममा सहभागि भएर शनिबार विहान साढे १० बजे स्वदेश फर्कने छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्