१९ कार्तिक,काठमाडौं: ‘मिस्टर नेपाल २०२४’ को विजेता सन्तोष लोक्सम लिम्बु भियतनाम प्रस्थान गरेका छन् ।आगामी नोभेम्बर महिनामा भियतनामा संचालन हुने ‘मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै उनी सोमबार प्रस्थान गरेका हुन् ।
त्रिभुभवन अन्र्तराष्ट्रिय विमान स्थलनमा सञ्चार कर्मीहरु सँग कुराकानी गर्दै उनले ‘मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै देशको सुन्दरता प्रस्फुटन गर्न जान पाउँदा गर्वको महशुस भएको बताए ।
उनले भने, ‘मलाई खुसी लागेको छ । मिस वल्र्डको मलाई ५ वर्ष पूरा हुँदै छ । धेरै जनाको सपना बोकेर म जाँदै छु । आफ्नो देशको सुन्दरता प्रस्फुटन गर्न जाँदै छु , यसका कारण पनि म धेरै गर्व गर्न चाहन्छु । ’
गएको भदौं ८ गते मिस्टर नेपाल २०२४’ को विजेता बने सँंगै उनी आधिकारिक रूपमा ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ चयन भएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्