२१ कार्तिक,काठमाडौं: पूर्व गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ ।पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानव अधिकार चोक सहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् ।
पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालय बाटै पक्राउ परेका हुन् ।लामिछानेको पक्राउ विरुद्ध रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आइ रहेको छ ।
मंगलबार भएको प्रदर्शनका क्रममा निषेधित घेरा तोडेको भन्दै १५ जना लाई पक्राउ गरिएको थियो भने भिड नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्यास समेत प्रहार भएको थियो । झाले विज्ञप्ति मार्फत शान्ति पूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेका प्रति घोर भर्त्सना गरेका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्