Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रचण्ड भन्छन् – शहिद घोषणामा केही त्रुटि भएको छ 

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ ६, २०८२
In समाचार
0

६ जेठ,रूकुम, चौरजहारी: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा जनयुद्ध बाट पीडित व्यक्तिहरूले आफूहरूले भोगिरहेका समस्या र राज्यबाट पाउनु पर्ने अधिकार बारे धारणा राखेका थिए। उनीहरूले विशेष गरी घाइते तथा अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्य मान्यता, र सहिद परिवारका सन्तानको शिक्षा तथा रोजगारीको विषयमा अझ ध्यान दिनु पर्ने माग राखे।

अध्यक्ष प्रचण्डले कार्यक्रममा बोल्दै जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टी भित्र आत्मसमिक्षा गर्दै जनता माझ पुन: जान अभियान सञ्चालन गरिएको बताए। उनले विगतमा पार्टीले सहिद तथा घाइते परिवारका पक्षमा थुप्रै कामहरू गरेको उल्लेख गर्दै शहिद घोषणा सम्बन्धी विवरण संकलनमा त्रुटि भएको स्वीकार गरे। उनका अनुसार केन्द्रबाट विवरण मागिएको भए पनि तथ्यांक पठाउँदा केही गल्तीका कारण सबै व्यक्तिहरू लाई समेट्न नसकिएको हो।

प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा भएको ढिलाइ प्रति दु:ख व्यक्त गर्दै हालको समिति कार्यविधि अनुसार अघि बढ्नु पर्ने बताए। उनले बेपत्ता व्यक्तिहरू लाई पनि सहिद सरह मान्नु पर्ने र राज्यले उनीहरूलाई सम्मान साथ क्षति पूर्ति दिनु पर्ने धारणा राखे।

“हामी क्रान्ति पूरा गरेर होइन, सम्झौता गरेर आएको अवस्था हो,” प्रचण्डले भने, “अबको यात्रा समाजवादी गणतन्त्रको स्थापना तर्फ हो, र यसका लागि सबैको साथ आवश्यक छ। म समाजवादी क्रान्तिको यात्रामा भएका कमजोरी सुधार्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

अभियान टोलीले मुलुकका विभिन्न स्थानमा पुगेर जनयुद्ध पीडितहरू सँग प्रत्यक्ष संवाद गर्ने, पार्टीका कमजोरीको समीक्षा गर्ने र जनताको विश्वास पुन:स्थापना गर्ने उद्देश्य रहेको जनाएको छ।

  • 29shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend