जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धनुषा जिल्ला अध्यक्षमा राजकुमार यादव सर्वसम्मत रूपमा चयन भएका छन्। बुधबार अबेर राति सम्म चलेको जिल्ला अधिवेशनको बन्द सत्रबाट यादवको अध्यक्षतामा ६९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो।
समितिको उपाध्यक्षमा शोभित महतो र सुर्य पुडासैनी चयन भएका छन् भने सचिवमा रामनारायण साह, उपसचिवहरूमा बबी कुमारी महतो र सुनिल कुमार मण्डल चयन भएका छन्। एक उपसचिव पद भने रिक्त राखिएको छ।

अन्य प्रमुख सदस्यहरूमा उमेश मण्डल, मन्तोरिया देवी दास, सुरेन्द्र प्रसाद ठाकुर, प्रशान्त अरविन्द, राम ललित मण्डल, शिला कुमारी मण्डल, किरण कुमारी मण्डल, मरियम राइन, विनोद पासवान, दाउद नदाफ, धनिराम ठाकुर, रामबाबु रविदास, सुरतलाल यादव, योगेन्द्र महतो, विजय कुमार यादव, महेश कुमार साह, उर्मिला देवी यादव, सर्वजित पासवान, रामकुमार महतो, हिरा देवी महतो, लाल बहादुर थापा, जीत बहादुर लामा, कविता कुमारी सिन्हा, गीताकुमारी दहाल, र शर्मिला सुनुवार छन्।
त्यसै गरी प्रदीप कुमार बुढाथोकी, कोशिला देवी महतो, मुनी देवी झा, धर्मशिला देवी यादव, दुरोकुमारी यादव, मधुकुमारी साह, बद्री यादव, नागेन्द्र प्रसाद साह, रामदेव साह तेली, विशेश्वर यादव, भोला गोहिवार यादव, जाकिर राइन, सन्तोष कुमार यादव, रानीवती देवी मण्डल लगायतका सदस्यहरू रहेका छन्।
पार्टीले उक्त चयनलाई संगठन सुदृढीकरण र स्थानीयस्तरमा पार्टी विस्तारका लागि महत्वपूर्ण कदमको रूपमा लिएको जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्