Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

एमाले संसदीय दलको नेता बने राम बहादुर थापा बादल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १८, २०८२
In पार्टी खबर 
0

१८ चैत,काठमाडौं ।  रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष समेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।


दलको नेताका लागि दाबी गरिरहेका सुहाङ नेम्वाङले समर्थक र प्रस्तावक समेत नपाए पछि बादल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।दलको नेता चयन भएपछि बैठकका निर्णय सार्वजनिक गर्दै बादलले भने, ‘आजको बैठकले संसदीय दलको नेता सर्वसम्मतिले चयन गरेको छ । दल नेताको रूपमा मलाई चयन गरिएको छ । निकट भविष्यमा दुवै सदनका माननीय सदस्यहरू राष्ट्रिय सभा र प्रतिनिधि सभाका माननीयज्यूहरू लाई अभिमुखीकरण कार्यक्रम यही २१ गते गर्ने तय गरिएको छ ।’


उनले बैठकले केपी शर्मा ओली र रमेश लेखकको गैरकानुनी तथा पूर्वाग्रहपूर्ण गिरफ्तारीको विरोधमा प्रस्ताव पारित गरेको पनि जानकारी दिए ।बादलले भोलि हुने प्रतिनिधि सभा तथा आगामी दिनमा हुने प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा आफ्ना एजेन्डा सशक्त रूपमा उठाउने संकल्प गरिएको बताए । ‘हामीले घोषणा पत्रमा गरेका प्रतिबद्धताहरूलाई संसदमा उठाउने छौं र प्रतिपक्षको भूमिका निर्वाह गर्दै सजग पहरेदारका रूपमा काम गर्नेछौं,’ उनले भने ।


यसैबीच, नेता चयन प्रक्रिया बारे प्रतिक्रिया दिँदै सुहाङ नेम्वाङले आफूले अपेक्षा गरे अनुसार परिणाम नआएको बताए । ‘म भन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुन योग्य छ भन्ने खालको नतिजा आएको छ,’ उनले सञ्चारकर्मीहरू सँग भने ।


उनले संसदमा प्रवेश गर्दा सत्ता–प्रतिपक्षको सोच भन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए ।उनले भने, ‘संसद भित्र जाने बेलामा कोही पनि सत्तापक्ष, प्रतिपक्ष भनेर आफूलाई अगाडि नै सोचेर हिड्ने हो भने जनता र देशको हितमा कहिले पनि राम्रो हुँदैन भनेर हामीले बुझ्नुपर्छ । हामीले सशक्त ढंगले सरकारले गरेका राम्रा कामहरुलाई हामीले सहयोग पुर्याउनु पर्छ । सरकराले गरेका कमीकमजोरीलाई हामीले औंल्याउँदै खबरदारीका साथमा रचनात्मक हिसावले सल्लाह सुझाव सहयोग पुर्याउनु पर्छ ।’सुहाङले अब नयाँ पुस्ताले नेतृत्व पाउनु पर्ने भन्दै दलको नेतामा दाबी गरेका थिए । प्रतिनिधि सभामा एमालेका २५ सांसद छन् ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पार्टी खबर 

एमाले धनुषाको चेतावनी: “ओलीको गिरफ्तारी राजनीतिक प्रतिशोध, अविलम्ब रिहा गर”

चैत्र १५, २०८२
पार्टी खबर 

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश

माघ २८, २०८२
पार्टी खबर 

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२
पार्टी खबर 

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२
पार्टी खबर 

वरिष्ठ नेता बालेनद्वारा सुर्खेतमा उम्मेदवारसँग परामर्श

माघ १७, २०८२
पार्टी खबर 

निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

माघ १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend