२३ साउन.बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ हात्तीसार मा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवा चार दिन वित्दा समेत फेला परेका छैनन् ।खौराहा खोलामा तीन जना साथीहरूसंग पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा गत मंगलबार मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षिय रुप मिलन थारू बेपत्ता भएका थिए ।

मंगलबार साँझ देखि बेपत्ता भए लगत्तै बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरीको टोलीले हात्ती र मोटरबोट सहित बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ हात्तीसार नजिकको खौराहा खोलामा खोजविन गरेपनि हालसम्म थारूलाई फेला पार्न नसकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले जानकारी दिएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्