Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ७, २०८२
In स्वास्थ्य खबर
0

रौतहट  । पर्साको वीरगञ्जमा झाडापखाला लागेर उपचारका लागि आएका बिरामीहरूमा हैजाको जीवाणु भेटिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखाला र हैजाका बिरामीहरू भेटिएको हो । 

झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ति मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले जानकारी दिए ।उनका अनुसार हैजा पुष्टि भएका ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका हुन् । शुक्रबार तीन जनामा हैजाको संक्रमण पुष्टि भएकोमा शनिबार थप ७ जनामा हैजा पुष्टि भएको हो ।

वीरगञ्जको विभिन्न स्थानका हालसम्म दश जनामा भिब्रियो कोलरी जीवाणुबाट हुने हैजाको सङ्क्रमण पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको  छ । सो शाखाका प्रमुख राजु साहले शुक्रबार देखि झाडा पखालाका बिरामीहरुको संख्या बढ्दै गएको बताए ।

  झाडापखालाको उपचार गरिरहेका  दुई जनाको मृत्यु भएको पनि हैजा कै कारण भएको हुनसक्ने आशङ्का गरिएको उनको भनाइ छ  ।यद्यपि ती दुवैको मृत्यु हैजाका कारण भए नभएको पुष्टि हुन भने बाँकी रहेको उनले जानकारी दिए । अहिले  झाडापखालाका कारण वीरगञ्जको विभिन्न  अस्पतालमा बिरामी भर्ना भएका छन् ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले विभिन्न अस्पतालमा पुगेर बिरामीको स्वस्थ्य तथा उपचारका बारेमा जानकारी लिएका छन् ।यसै बिच वीरगञ्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शैक्षिक प्रशासन महाशाखाले एउटा सूचना जारी गर्दै भदौ ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो ।सूचनामा हैजा सङ्क्रमण बाट बच्न विभिन्न स्वास्थ्य सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्वास्थ्य खबर

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२
स्वास्थ्य खबर

स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी

फाल्गुन १२, २०८२
स्वास्थ्य खबर

सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढी नागरिकलाई औषधि खुवाइँदै

माघ १६, २०८२
स्वास्थ्य खबर

‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

साउन ४, २०८२
स्वास्थ्य खबर

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जादै

जेष्ठ २१, २०८२
स्वास्थ्य खबर

मिस युनिभर्स नेपाल २०२५ का लागि दर्ता खुला

जेष्ठ १४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend