Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विध्वंश मच्चाउने सबै जेन–जी नै हुन् ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २६, २०८२
In आलेख
0

डा.रुद्रनाथ अधिकारी

२६ भदौ : देश जलिरहेको हेर्दा,जताततै बाट आकाशमा फैलिएको धुवाँको कालो मुस्लो देख्दा र ती अबोध बच्चाहरुको मृत्यु र हत्याको विभत्स तस्बिर र दृश्यहरु देख्दा मेरो हृदय त्यो देश जलेको ताप भन्दा र त्यो दृश्यले देखाएको क्रूरताको पराकाष्ठा सम्झिदा एक हजार गुना बढी मेरो मुटु जलिरहेको थियो । सन्तापको अग्निको ज्वाला दन्कि रहेको थियो। म अवाक, जिउँदो लाससरि भएर यो देशको नागरिक हुनुमा, जन्मिनुमा अनि हजारौं पटक मरेर केवल जिउनु परेकोमा आफुलाई असाध्य निरीह, लाचार एवं सँधै आफ्नै माटो, बाटो र आगनमा असुरक्षित महसुस गर्दै, धिक्कार्दै केवल काल कुर्न विवश हुनु परेको र यो भन्दा अरु कुनै विकल्प पनि नभएको महसुस गरिरहेको थिएँ।

ओठहरु थर्थराइरहेका थिए, आँखाबाट आँसु बगिरहेको थियो, हृदय विक्षिप्त थियो र धड्कन बढिरहेको थियो। सामुन्ने बाट १३ बर्षको छोराले सोधिरहेको थियो–बाबा हामी पनि कुनै देशमा शरण लिएर बसौंन’ मिल्दैन र ? म अनुहारमा हेरिरहेको थिएँ र नाजवाफ थिएँ। अनि मेरो पीडित मनको भावहरु हातले यी केही शब्दहरू कपिको पन्नामा पोख्न सुरु गर्यो। जो यस प्रकार छ :

यो दिन ,अवस्था देख्न, बेहोर्न पर्ला भन्ने सायद कसैले सोचेको थिएन होला। तर मेरो चिन्तन र ब्रह्मले देखिसकेको थियो र अन्तर हृदयले भनिरहेको थियो कि देशको स्थिति भयावह आउँदैछ र यी आततायिहरुको अन्त्य हुँदैछ भनेर। त्यो आभास समय समयमा राष्ट्रिय मिडियाहरुमा भन्दै आएको पनि थिएँ। तर सुन्ने, बुझ्ने र मनन कसले गर्ने ? समाज र सामाजिक मनोदशा नै भ्रमित थियो अनि राजनीतिको आवरण एवं छत्रछायामा केही मस्त थिए भने पहुँच, पावर र हैसियत नहुनेहरुको जीवन र मानसिकता अस्तव्यस्त थियो।

तर म बोलिरहें, लेखिरहें अनि भनिरहें। किनकी त्यस लाई मैले मेरो धर्म र कर्तव्य सम्झिरहें। भ्रष्टाचारी र भ्रष्टाचारको अन्त्य हुनुथियो, ठिकै थियो भयो। तर जति हुन पर्ने भयो, त्यो भन्दा सय प्रतिशत नहुन पर्ने चाहिँ भयो। जसको भरपाही गर्न राज्यले कहिल्यै सक्ने छैन।सुरुमा राज्यले निरंकुश र क्रूर चरित्र प्रदर्शन गर्न नहुने थियो । अनि ती निशस्त्र कलिला बालकहरु माथि निर्मम तरिकाले गोली चलाउन हुँदैन हुने थियो। जसले गर्दा आन्दोलनलाई थप मलजल र उत्तेजित गर्न बल पुर्यो ।

तर रातारात २४ गतेको बिहानै देखि आन्दोलनको एजेण्डा, उदेश्य र लक्ष्य भन्दा एक्कासी फरक तौरतरिकासहित देखियो ? कसरी यति सम्म अराजक, हिंस्रक र विध्वंसात्मक कर्म तर्फ उद्वत भयो ? कहाँबाट ती फरक रुपरंगका ब्यक्तिहरुको प्रवेश भयो, कसले गरायो, कसले पठायो र के उद्देश्यले पठायो अनि कसको डिजाइन, निर्देशन र अभिष्ट सिद्धको लागि थियो ? यो बुझ्न, खोज्न र मनन गर्न नितान्त आवस्यक छ।

आन्दोलन भयो, कुनै राजनीतिक अभ्यास, ज्ञान् चेतना नभएका निर्दोष र हुनहार सपुतहरुले ज्यान गुमाए। यसको क्षति र पीडा त त्यो भोग्ने, व्यहोर्ने आमाबाबु र परिवारले मात्र महसुस गरेको छ। तर यस भित्रको गम्भीर एवं कुख्यात खलनायक र नरपिशाचहरुका डरलाग्दा तस्वीरहरु अरु नै छन्। जुन खोज्न,बुझ्न अति आवश्यक छ। नत्र इतिहास सधैं असत्यको कालो कोठरीमा रोइरहनेछ।

सबैले सोच्नुपर्ने विषय: के राष्ट्रिय धरोहर हरु, सिंहदरबार, सर्बोच्च अदालत, राष्ट्रपति भवन, प्रशासनिक केन्द्रहरु, कलकारखाना, उद्योगधन्दा र व्यापारिक केन्द्रहरु, बैंक सबैमा आगो लगाउने, लुट्ने, जेनजीहरुनै हुन त ? पक्कै होइनन्। प्रहरी थाना, स्थानीय संरचना, स्थानीय सरकारका प्रतिनिधिहरुको आवास, निवास छानीछानी लुट्ने र आगो लगाउने के जेनजी नै हुन त ? पक्कै होइनन्। मानवीय मुल्यमान्यता नै समाप्त गरेर असक्त बृद्धा, महिला र बालबच्चाहरुलाई समेत आतंकित भनाउदै आगो बाल्दै हिड्ने पनि के जेनजी नै हुन त पक्कै होइनन्।

त्यसो भए को  हुन्  त ? यी कुकर्म र दुष्कर्महरु त केवल तालिम प्राप्त, प्रशिक्षित,पेशागत लुट्न, ठग्न चोर्न, मार्न, हत्या,हिंसा गरि आएका अनि गर्न जानेका जल्लाद नरभक्षिहरुले मात्र गर्न सक्छ। ती कलिला मस्तिष्कहरुले पक्कै पनि यस्ता कार्य  गर्न त परै जाओस, सोच्न पनि सक्दैन। चोर, चतुरे, ठग, लुटेरा,अवसरवादीहरुले सोचि बुझी बनाएको योजनामा अबोध बच्चाहरुको बलि चढाएर फेरि देशलाई र जनतालाई भ्रमको भुमरीमा राखेर फेरि सत्ता हत्याउने प्रपन्च भन्दा केही होइन र हुनै सक्दैन।

शेरबहादुर देउवा लगायत नेताहरुको घरमा खुकुरी, हतौडा, रड लिएर पस्नेहरु र फ्रीजमा भएको सब्जी, अण्डा देखि ग्यास सिलिन्डर र तन्ना, सिरक सम्म बोकेर हिंड्नेहरु, भाटभेनीको  स्टोरबाट सागसब्जी देखि चामल, आटा र दाल सम्म बोकेर हिंडेका देख्दै डरलाग्दा भुस तिघ्रेहरु देखि लिएर लुंगी धोतिमा देखिएका बुढी महिलाहरुलाइ के जेनजीका कार्यकर्ता हुन भन्न सकिन्छ र सकिदैन। अनि अर्को अति महत्त्वपूर्ण र सोचनिय विषय भनेको देशको ऐतिहासिक, दस्तावेज राखिएको अभिलेखालय,प्रशासनिक केन्द्र, राष्ट्रपति भवन जस्ता धरोहरहरु र देशका तल्लो निकाय सम्मका संरचनाहरु ध्वस्त पार्ने उद्देश्य र योजना पनि आन्दोलनकारिकै हो भन्न सकिन्छ र ?

नयाँ युग निर्माणका एजेन्डा बोकेर आन्दोलनमा हुमिएका युवाहरुले यस्तो घृणित र निन्दनीय कार्य गरे गराए होलान भनेर कल्पना सम्म गर्न पनि सकिदैन। पशुपतिनाथ मन्दिर कसको तार्गेटमा रहदै आएको थियो, छ र तोडफोड हिजो कसले गरेको थियो भन्ने जगजाहेर छ। के ती व्यक्तिहरुको अनुहार,उमेर, रंग र क्रियाकलाप सबै जेनजीको भन्न सकिने थियो र ? देशलाई पुन: धर्म र जातिय द्वन्दमा फसाएर रमाउन खोज्नेहरुकै षड्यन्त्रको आगोले फेरि देश जल्यो भन्दा फरक पर्ला र ?

त्यसो भए के वास्तविकता अरुनै केही हो त ?

अवस्य हो। यसको ग्राण्ड डिजाइनर को होला त ? कसले यो देशलाई करिब दुई दसक भन्दा धेरै समयदेखि अस्थिर र अशान्त बनाएर राजगर्न पल्केका अस्थिर एवं क्रुर मानसिकता बोकेका भष्मासुरहरुको नै योजना र चाहना अनुसार यो घुसपैठ र आतंक मच्चाएको हुनुपर्छ भन्ने स्पष्ट देखिन्छ।

अबको बाटो के त ? : अबको यो विकराल परिस्थितिबाट देशलाई सहजै निकास दिन र सेफल्याण्ड गर्न त्यति सहज पटक्कै छैन। देशको आर्थिक,सामाजिक, भौगोलिक र राजनीतिक परिस्थिति र परिवेश अनि विश्वमा चलिरहेको शक्ति राष्ट्रहरु विचको डरलाग्दो होड,भू–राजनीति लगायत कुटनीतिक र रणनीतिक स्तरको गहिरो अनुभव, अध्ययन नभइ सरकारको नेतृत्वको कल्पना गर्नु पनि घातक सिद्ध हुने निश्चित छ।

किन कहाँ र कसरी राज्यका निकायहरु चुके त ? :  सवाल उठ्छ कि हाम्रो देशका तीनवटै शक्तिशाली सुरक्षा निकायहरू के भ्रष्ट नेताको आदेशमा मात्र निर्दोष, निमुखा सर्वसाधारण र निर्दोष नागरिकहरुको जासुसी गर्न,दुख दिन र गोली हान्न क्षमता, सीप र बहादुरी देखाउन सक्छ तर देशको प्रशासनिक केन्द्र, न्यायपालिका, व्यवस्थापिका देखि कैदी बन्दी राख्ने कारागार, अड्डा अदालत लगायतका राष्ट्रिय सम्पदाको चाहिँ सुरक्षा दिन सक्दैन र नसकेकै हो त ? इतिहासका पुराना पन्ना पल्टाइरहन नपर्ला। मात्र २०४७ देखि दरबार हत्याकाण्ड सम्म अनि त्यस यताका आज सम्मका घटनाक्रमहरुलाई सुक्ष्म अध्ययन गर्ने हो भने पनि काफी छ र छर्लङ्ग हुन्छ।

यसको असर के के होला त ?

१. सर्वप्रथम त उद्योगपतिहरु र उद्योग सुरक्षीत हुन नसकेको देशमा कसैले पनि भविष्यमा स्वदेशी तथा विदेशी उद्यामीहरुले उद्योगमा लगानी गर्ने वातावरण बन्दैन र कसैले हिक्मत गर्ने छैन। परिणाम देशमा बेरोजगारी र परनिर्भरता विकराल हुनेछ।

२. जनताले सधैं आफ्नो ज्यानधन र परिवारको असुरक्षा महसुस गर्नेछ र देशको बौद्धिक धन, सम्पत्ति र नागरिक तिब्र पलायन बढ्ने छ र देश बाहिर रहेका नागरिकहरुको आफ्नो मातृभूमि प्रति सधैं उदास रहनेछ र आफ्नो सामान्य नागरिक  दायित्वबाट समेत बन्चित हुनेछ।

३.अन्तर्रास्ट्रिय स्तरमा दाता तथा दातृसंस्थाहरुको विश्वास दिनानुदिन घट्नेछ र राष्ट्रको छवि र साख नराम्रो संग गिर्नेछ।

४. राज्य र राज्यका सुरक्षा निकायहरु प्रतिको नागरिकको आस्था, विश्वास, भरोसा टुट्नेछ भने आपराधिक गतिविधि बढ्नेछ र मानसिक रुपमा कम्जोर,अति कम्जोर हुँदै जानेछ र अराजकतामा वृद्धि हुनेछ।

५. अर्को, पिता पुर्खाले कमाएको वीर गोर्खालीको गौरव गाथा र नेपाली सुरक्षा निकायले आज सम्म अन्तर्रास्ट्रिय स्तरमा हासिल गरेको गौरवमय इतिहास प्रति प्रश्न उठ्न सक्छ कि ‘आफ्नै देश र जनताको’ रक्षा गर्न नसक्नेले अरुदेशको रक्षा कसरी गर्ला र ? जसले गर्दा भविष्य म्म नकारात्मक छवि बस्न सक्छ। यस्तै गरि क्रमश गरिमा र गौरव सकिदै र खस्किदै जाने छ।

अबको सबैको साझा एजेन्डा भ्रष्टाचाररहित शान्त र समृद्ध नेपाल हो भने एकपटक देशको लागि गम्भीर भएर सोच्नै पर्छ र सबै अटाउने साझातन्त्रको निर्माण गर्नु पर्दछ। सबैले दल बल र नीजि स्वर्थ भन्दामाथि देश र भावी पुस्तालाई सम्झेर जे जस्तो सुकै त्याग गर्नु परेपनी पछि हट्नु हुँदैन। अनि यो देशका भस्मासुरहरुलाई समयमा चिन्नु र थान्को लगाउन ढिलो भयो भने देश नै नरहन सक्छ। सधैं ज्यान गुमाउने, मर्ने, सहिद हुने र झोला बोक्ने सोझासाझा,दुःखी,गरिव,बालकहरु।अनि देशलाई अस्थिरताको भुमरीमा धकेलेर आफू शासन गर्ने अझ पनि यिनै राक्षसहरु हुनदिन हुँदैन।(डा. रुद्रनाथ अधिकारी बरिष्ठ ज्योतिष एवम संस्कृतिविद् हुन्)

  • 42shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आलेख

‘सुदूर अब टाढा छैन, झिक्कै–झिक्कै माया तम्लाई’ एउटा स्टाटस, एउटा सन्देश, र देशभरि उठ्दै गरेको आशा

माघ १७, २०८२
आलेख

निर्वाचन हुनेमा विश्वस्त छन युवा तर माहोल चुनाव केन्द्रीत छैन् !

अशोज २७, २०८२
आलेख

दशैंमा बलि : आठ प्रकारको परम्परा, दुई किसिमका खुम्चियो

अशोज १४, २०८२
आलेख

महाअष्टमीमा बलि : पशु बलि मात्र होइन, आत्मिक बलिदान पनि हो

अशोज १४, २०८२
आलेख

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

अशोज ३, २०८२
आलेख

जेनजी आन्दोलनको छायाँमा उदाएकी निस्वार्थ दीप : आशिका तामाङ’

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend