Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपालकै ठूलो लक्ष्मीनारायण मन्दिर (मठ) मटिहानीको हुलाक टिकट सार्वजनिक, धार्मिक–सांस्कृतिक महत्वलाई सम्मान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २४, २०८२
In स्थानीय
0

मटिहानी,(महोत्तरी) । हुलाक सेवा विभागले नेपालको सबैभन्दा ठूलो लक्ष्मीनारायण मन्दिर (मठ) मटिहानीलाई राष्ट्रिय महत्वका ऐतिहासिक सम्पदा मध्ये एकका रूपमा चिनाउन विशेष हुलाक टिकट सार्वजनिक गरेको छ। रु. १० अंकित सो टिकटमा मन्दिर र यसको बाह्य संरचना चित्रित गरिएको छ।

शुक्रबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले टिकटमा टाँचा लगाएर औपचारिक रूपमा प्रकाशनमा ल्याए। उनले मटिहानीलाई नेपाल भरि मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा धार्मिक पर्यटन गन्तव्यका रूपमा प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

यस अघि मटिहानी नगरपालिकाले २०८१ साल असार ११ गते टिकट प्रकाशनका लागि विभागमा आधिकारिक प्रस्ताव पेश गरेको थियो। नगर प्रमुख हरि प्रसाद मण्डलले सो प्रस्ताव अघि सार्दै निरन्तर पहल गरेका थिए। टिकट सार्वजनिक भएपछि उनले हुलाक सेवा विभाग र मन्त्रालयप्रति धन्यवाद व्यक्त गर्दै भने, “यो कदमले मटिहानीको धार्मिक र सांस्कृतिक पहिचानलाई अझ बलियो बनाएको छ, स्थानीयवासीको गौरव बढाएको छ।”

लक्ष्मीनारायण मठ ऐतिहासिक, पौराणिक र राजगुठी सम्पदा भएकोले यसको संरक्षण र प्रवद्र्धन राष्ट्रिय स्तरमै आवश्यक रहेको प्रमुख मण्डलले जोड दिए। उनले मटिहानीलाई धार्मिक पर्यटन नक्सामा उचाल्न नगरपालिकाले थप कार्यक्रम अघि सार्ने जानकारी पनि दिए।

स्थानीय सरोकारवालाहरूले मन्त्री खरेलको सक्रियता र नगर प्रमुख मण्डलको पहललाई सराहना गर्दै हुलाक टिकट प्रकाशनले मटिहानीको राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको प्रतिक्रिया दिएका छन्।

  • 94shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend