Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चलचित्र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १, २०८२
In मनोरन्जन
0

१ फागुन,काठमाडौं । चलचित्र ‘शिवांश : च्याप्टर १’ शुक्रबार (आज) बाट प्रदर्शनमा आएको छ । महाशिवरात्रिको अवसर पारेर आजबाट प्रदर्शनमा आएको यो चलचिले देशभरका प्रमुख मल्टीप्लेक्सहरू क्यूएफएक्स, आईएनआई, वान सिनेमाज, बिग मुभिज, एफक्यूब लगायतले यी दुवै चलचित्रको शो तालिका सार्वजनिक गर्दै बिहीबार देखि नै अग्रिम टिकट बुकिङ खुला गरिसकेका छ ।

धर्मको खोल ओडेर अपराध कर्ममा संलग्न हुनेको कथा यो चलचित्रमा समावेश छ । जटा भएको अघोरी चरित्रले कसरी भित्रभित्रै अपराध कर्म गर्छ भन्ने यो चलचित्रको कथा रहेको यसका कन्टेन्टले संकेत गरेका छन् । जटाधारी पात्र हुन्, प्रवीण खतिवडा । ‘शिवांश’को कथा हिन्दु पौराणिक कथा र समुद्र मन्थनको प्रसंगमा आधारित छ । समुद्र मन्थनका क्रममा उछिट्टिएको एउटा शक्तिशाली ‘शिला’ (ढुङ्गा) को खोजीमा चलचित्रको कथा केन्द्रित छ ।

उक्त शिला खोज्ने क्रममा हुने घटनाको वरिपरि चलचित्रको कथा घुम्छ । आध्यात्मिक देखिने रहस्यमयी ‘अघोरी’ पात्रको जिन्दगीको उतारचढाव नै ‘शिवांश’को मुख्य आकर्षण हो । कथावाचनमा प्रवीणलाई तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला लगायत कलाकारले सहकार्य गरेका छन् ।

अञ्जन सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्र आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण रहेको देखिन्छ ।‘शिवांश’लाई सन्तोष कुमार आत्रेयले निर्देशन गरेका छन् । चलचित्रको कथा अञ्जान केसीले लेखेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहेको छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको यस सिनेमाका गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ । सरद महतोको डीओपी रहेको चलचित्रमा बनिश शाहको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ भने विक्रम चोहानको कोरियोग्राफी छ ।

मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् । देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला र शो बाँडफाँडको प्रारम्भिक तथ्याङ्क हेर्दा चलचित्र ‘शिवांश’ ले प्रदर्शकहरूको न्यून साथ पाएको देखिन्छ ।

  • 41shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

फाल्गुन ८, २०८२
मनोरन्जन

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरु

फाल्गुन ८, २०८२
मनोरन्जन

‘रमिताको पिरती’ र ‘कुमारी’ ले कति कमाए ?

फाल्गुन ५, २०८२
मनोरन्जन

‘श्री बुकुरो : द होम कलिङ’, फागुन १ देखि देशव्यापी प्रदर्शनमा आउने

माघ २९, २०८२
मनोरन्जन

राजपाल यादवको संकटमा गुरमीत र सोनु सूदको ‘मानवीय’ साथ

माघ २८, २०८२
मनोरन्जन

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

फाल्गुन ८, २०८२

निर्वाचन तयारीको अनुगमनका लागि प्रधानमन्त्रीको मुस्ताङ र कास्की भ्रमण

फाल्गुन ८, २०८२

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरु

फाल्गुन ८, २०८२

कुकुर भुकेकै निहुँमा मण्डपमा चल्यो लाठी-मुङ्ग्री, बेहुलीले तोडिन् सम्बन्ध

फाल्गुन ८, २०८२

राष्ट्रिय प्रजातन्त्र दिवस: शहीदको स्मरण र उत्साहका बीच देशभर विविध कार्यक्रम गरी मनाइयो

फाल्गुन ७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend