Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘रमिताको पिरती’ र ‘कुमारी’ ले कति कमाए ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ५, २०८२
In मनोरन्जन
0

काठमाडौं । माघ २३ गते देखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘रमिताको पिरती’ र ‘कुमारी’ को बक्स अफिस कमाइ सार्वजनिक भएको छ ।चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरण अनुसार दुवै फिल्म बक्स अफिसमा कमजोर देखिएका छन् ।

सुदीप्ता निर्देशित ‘रमिताको पिरती’ ले पछिल्लो शनिबार (फागुन २) सम्म १९ लाख ४३ हजार ५८८ रूपैयाँ ग्रस कमाइ गरेको छ । उक्त कमाइ हुँदा फिल्मको ५ हजार ९३७ वटा टिकट बिक्री भएको उल्लेख छ ।

यसैगरी दिनेश राउत निर्देशित ‘कुमारी’ ले पछिल्लो शनिबार (फागुन २) सम्म सिनेपा: बक्स अफिसमा ५६ लाख २११ रूपैयाँ ग्रस कमाइ गरेको छ । यो अवधिमा फिल्मको १७ हजार २५ वटा टिकट बिक्री भएका छन् ।

यी दुवै फिल्म भ्यालेन्टाइन सिजनलाई लक्षित गर्दै एकसाथ रिलिज भएका थिए । फिल्मले प्रेम र भावनाको फरक–फरक आयाम प्रस्तुत गर्छन् । ‘रमिताको पिरती’ को मुख्य भूमिकामा अभिनेत्री आना शर्मा छिन् । साथमा धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, जियाना, गौमाया गुरूङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामोलगायत कलाकारहरूको अभिनय छ ।

त्यस्तै, ‘कुमारी’ मा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् भने घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्कीलगायतको समेत अभिनय छ ।

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

फाल्गुन ८, २०८२
मनोरन्जन

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरु

फाल्गुन ८, २०८२
मनोरन्जन

चलचित्र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा

फाल्गुन १, २०८२
मनोरन्जन

‘श्री बुकुरो : द होम कलिङ’, फागुन १ देखि देशव्यापी प्रदर्शनमा आउने

माघ २९, २०८२
मनोरन्जन

राजपाल यादवको संकटमा गुरमीत र सोनु सूदको ‘मानवीय’ साथ

माघ २८, २०८२
मनोरन्जन

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

फाल्गुन ८, २०८२

निर्वाचन तयारीको अनुगमनका लागि प्रधानमन्त्रीको मुस्ताङ र कास्की भ्रमण

फाल्गुन ८, २०८२

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरु

फाल्गुन ८, २०८२

कुकुर भुकेकै निहुँमा मण्डपमा चल्यो लाठी-मुङ्ग्री, बेहुलीले तोडिन् सम्बन्ध

फाल्गुन ८, २०८२

राष्ट्रिय प्रजातन्त्र दिवस: शहीदको स्मरण र उत्साहका बीच देशभर विविध कार्यक्रम गरी मनाइयो

फाल्गुन ७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend