Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ८, २०८२
In मनोरन्जन
0

८ फागुन,काठमाडौं । रिलिजको तेस्रो हप्तामा चलिरहेको चलचित्र ‘रमिताको पिरती’ कानुनी झमेलामा फसेको छ । शुक्रबार उच्च अदालत पाटनमा फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट दायर भएसँगै फिल्म विवादको केन्द्रमा पुगेको हो । अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार चलचित्रको प्रदर्शन रोक्न माग गर्दै निवेदन दर्ता भइसकेको छ ।

अधिवक्ता सृष्टि भट्ट र लक्ष्मी तामाङले निषेधाज्ञा सहित अन्तरिम आदेश माग गर्दै मुद्दा हालेका हुन् । रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स, कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा (आना शर्मा), लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको छ ।

निवेदनमा उल्लेख भए अनुसार चलचित्रले पुरुष समुदाय प्रति घृणा र वितृष्णा फैलाउने कथावस्तु प्रस्तुत गरेको छ । चलचित्रले लैंगिक विभेदलाई बढावा दिने र सामाजिक सद्भाव बिगार्ने आशय राखिएको भन्दै प्रदर्शन रोक्न अदालतको ढोका ढकढक्याइएको हो ।

निवेदनमा चलचित्र विकास बोर्डलाई पनि विपक्षी बनाइएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल विषयवस्तुलाई निर्माण अनुमति दिएको तथा सेन्सर बोर्डले पर्याप्त मूल्यांकन नगरी प्रदर्शन अनुमति दिएको आरोप समेत रिटमा उल्लेख गरिएको छ ।


अब प्रश्न उठेको छ, अदालतले फिल्म रोक्ने आदेश दिन्छ कि ‘रमिताको पिरती’ विवादबीचै पर्दामा चलिरहन्छ । फिल्म गत माघ २३ देखि प्रदर्शनरत छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरु

फाल्गुन ८, २०८२
मनोरन्जन

‘रमिताको पिरती’ र ‘कुमारी’ ले कति कमाए ?

फाल्गुन ५, २०८२
मनोरन्जन

चलचित्र ‘शिवांश : च्याप्टर १’ आजबाट प्रदर्शनमा

फाल्गुन १, २०८२
मनोरन्जन

‘श्री बुकुरो : द होम कलिङ’, फागुन १ देखि देशव्यापी प्रदर्शनमा आउने

माघ २९, २०८२
मनोरन्जन

राजपाल यादवको संकटमा गुरमीत र सोनु सूदको ‘मानवीय’ साथ

माघ २८, २०८२
मनोरन्जन

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आना शर्माको ‘रमिताको पिरती’ अदालतको कठघरामा

फाल्गुन ८, २०८२

निर्वाचन तयारीको अनुगमनका लागि प्रधानमन्त्रीको मुस्ताङ र कास्की भ्रमण

फाल्गुन ८, २०८२

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२

दोस्रो जनकपुर अन्तरराष्ट्रिय फिल्म महोत्सव शुरु

फाल्गुन ८, २०८२

कुकुर भुकेकै निहुँमा मण्डपमा चल्यो लाठी-मुङ्ग्री, बेहुलीले तोडिन् सम्बन्ध

फाल्गुन ८, २०८२

राष्ट्रिय प्रजातन्त्र दिवस: शहीदको स्मरण र उत्साहका बीच देशभर विविध कार्यक्रम गरी मनाइयो

फाल्गुन ७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend