Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १४, २०८२
In धर्म
0

१४ फागुन,जनकपुर । नेपालको धनुषा स्थित सतलोक आश्रममा जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा सन्त गरीबदासजी महाराजको ३००औँ बोध दिवसको अवसरमा तीन दिवसीय विशाल आध्यात्मिक महासमागम तथा अमर ग्रन्थ साहेबको अखण्ड पाठको शुभारम्भ भएको छ।

विहीबार देखि सुरु भएको अखण्ड पाठमा नेपाललगायत भारतका विभिन्न स्थानहरूमा रहेका कुल १३ वटा सतलोक आश्रमको आयोजनामा पाठको शुभारम्भ भएको हो । समारोहमा हजारौं श्रद्धालु भक्तजनहरुले आध्यात्मिक लाभको प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमका मुख्य आकर्षणहरूमा अमर ग्रन्थ साहेबको निरन्तर अखण्ड पाठ, विशाल भण्डारा, नि:शुल्क मन्त्रदीक्षा, रक्तदान शिविर, दाइजो तथा आडम्बर रहित आदर्श विवाह (रमैणी) आदिको आयोजना गरिएको छ । उक्त समारोहले सच्चा भक्ति, मानव सेवा, दया तथा अन्धविश्वासमुक्त जीवनशैलीको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ ।

ऐतिहासिक महत्वका साथ, आजभन्दा ३०० वर्षअघि फाल्गुन सुदी द्वादशीका दिन सन्त गरीबदासजी महाराजले भारतको हरियाणामा जिन्दा माहात्माको भेषमा परमेश्वर कबीर साहेबजी द्वारा मन्त्रदीक्षा अर्थात् बोध प्राप्त गरेका थिए ।

सोही पवित्र दिनको स्मरण स्वरूप हरेक वर्ष विश्वभरका सतलोक आश्रमहरूमा यस्ता भव्य महासमागमहरू आयोजना हुने गर्दछन् । यस दिवसले मानव जातिलाई सच्चा आध्यात्मिक मार्ग, मोक्षको बाटो र नैतिक जीवनशैलीको सन्देश दिँदै आएको छ ।

यस अवसरमा पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपाल एवं जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजका सम्पूर्ण भक्तजनहरूलाई निमन्त्रणा गरिएको पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपालले जनाएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

फाल्गुन १९, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा

फाल्गुन ७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal