Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रेस स्वतन्त्रताको पक्षमा धनुषामा पत्रकार महासंघको एक घण्टे धर्ना, कांग्रेस, एमाले र जनमत पार्टीको ऐक्यबद्धता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर १३, २०८३
In आन्दोलन
0

जनकपुरधाम । पत्रकार माथि भइरहेको धरपकड, दुर्व्यवहार, धम्की तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने प्रयास विरुद्ध नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धनुषा जिल्ला कार्यालय परिसरमा एक घण्टा धर्ना दिएको छ।

नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलन अन्तर्गत आयोजित धर्नामा पत्रकारको पेशागत सुरक्षा, श्रम अधिकार, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणको माग उठाइएको छ। पत्रकारमाथि व्यक्तिगत पूर्वाग्रहका आधारमा धरपकड गर्ने, सञ्चारमाध्यम माथि दबाब सिर्जना गर्ने, गालीगलौज तथा आक्रमणका घटनामा प्रभावकारी कारबाही नगर्ने र लोक कल्याणकारी विज्ञापनको रकम कटौती गर्ने जस्ता विषयले पत्रकारिता क्षेत्र प्रभावित भएको महासंघको भनाइ छ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको नियन्त्रण र हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्दै पत्रकारमाथि हुने दुर्व्यवहार तत्काल रोक्न, श्रमजीवी पत्रकारका जायज माग सम्बोधन गर्न तथा प्रेस काउन्सिल नेपालको सिफारिस अनुसार समानुपातिक र पारदर्शी विज्ञापन वितरण प्रणाली लागू गर्न सरकारसँग माग गरेको छ।

धनुषामा पत्रकार महासंघको आन्दोलनप्रति विभिन्न राजनीतिक दलहरूले समेत ऐक्यबद्धता जनाएका छन्। नेपाली कांग्रेस धनुषा, नेकपा (एमाले) धनुषा र जनमत पार्टी धनुषाले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो समर्थन सार्वजनिक गरेका हुन्।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जारी गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै पत्रकारमाथि हुने नियन्त्रण, हस्तक्षेप र धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले पत्रकार महासंघले उठाएका जायज माग सम्बोधन गर्न तथा आन्दोलनरत पक्षसँग संवाद गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

त्यस्तै, नेकपा (एमाले) धनुषाका अध्यक्ष मोला यादवले पत्रकारमाथि भइरहेको धरपकड, गालीगलौज, व्यक्तिगत पूर्वाग्रहका आधारमा गरिने व्यवहार र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोध गरेका छन्। उनले पत्रकारको पेशागत सुरक्षा, श्रम अधिकार र लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध गराउनुपर्ने माग गर्दै विज्ञापन वितरण प्रणालीलाई पारदर्शी र समानुपातिक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

यसैगरी, जनमत पार्टी धनुषाका अध्यक्ष अशोक साहले पनि पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै स्वतन्त्र प्रेसबिना लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन्। उनले पत्रकारमाथि हुने धरपकड तथा दुर्व्यवहार तत्काल अन्त्य गर्न र प्रेस स्वतन्त्रतामाथि अनुचित अंकुश लगाउने कुनै पनि कदम रोक्न सरकारसँग माग गरेका छन्।

धनुषामा तीन राजनीतिक दलले एकै मुद्दामा छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पत्रकार महासंघको आन्दोलनलाई समर्थन जनाउनुले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाको विषयमा राजनीतिक दलहरूको साझा चासो देखाएको छ। पत्रकार महासंघले भने आफ्ना माग सम्बोधन नभएसम्म घोषित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

पत्रकार महासंघको आन्दोलन केवल पत्रकारको पेशागत हकहितमा मात्र सीमित नभई नागरिकको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक व्यवस्थाको संरक्षणसँग पनि जोडिएको विषयका रूपमा प्रस्तुत गरिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

आन्दोलन

जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मंसिर ९, २०८३
आन्दोलन

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार माथि अनुसन्धानको माग गर्दै माइतीघरमा युवाहरूको प्रदर्शन

मंसिर ४, २०८३
आन्दोलन

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३
आन्दोलन

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
आन्दोलन

भदौ २३ र २४ को आन्दोलनमा उल्लेख्य मानव अधिकार उल्लंघनको निष्कर्ष

फाल्गुन ७, २०८२
आन्दोलन

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्रको विकास कार्यक्रम उपमहानगरलाई हस्तान्तरण, सम्पदा संरक्षण र पर्यटन पूर्वाधारमा खर्च गर्नु पर्ने

मंसिर १३, २०८३

प्रेस स्वतन्त्रताको पक्षमा धनुषामा पत्रकार महासंघको एक घण्टे धर्ना, कांग्रेस, एमाले र जनमत पार्टीको ऐक्यबद्धता

मंसिर १३, २०८३

अयोध्या–जनकपुर रेल सेवा आज देखि नियमित सञ्चालन, पहिलो दिन ५०० यात्रुले गरे यात्रा

मंसिर १२, २०८३

इन्धनमा परनिर्भर नेपाल : संकट आउनु अघि विकल्प खोज्ने कि पछि पछुताउने?

मंसिर १०, २०८३

युरोपेली संघ चलचित्र महोत्सवको १५औँ संस्करण जनकपुरधाममा हुँदै, मंसिर १२ र १३ गते अन्तर्राष्ट्रिय चलचित्रको प्रदर्शनी

मंसिर १०, २०८३

जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मंसिर ९, २०८३

भारतको २४ हजार करोडको विकास सहायता नेपाल लाई, पुनर्निर्माण देखि ऊर्जा क्षेत्र सम्म नयाँ सम्भावना; ऋण र अनुदानको उपयोग कसरी होला?

मंसिर ८, २०८३

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’, एक हजार भन्दा बढी तीर्थयात्रीको भव्य स्वागत

मंसिर ८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend