१ वैशाख,धनुषा : जनकपुर उपमहानगरपालिका-८ स्थित डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय सुमित कुमार सिंह सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।लकडाउनको समयमा सोही ठाउँस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरुलाई प्रहरी चौकी बालुवाबाट खटिएको गस्ती प्रहरी टोलीले फेला पारी सम्झाई बुझाई गर्दा उनीहरुले एक्कासि कुटपिट गर्दा एक जना प्रहरी कर्मचारी घाइते भएका थिए । घाइते प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्