Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सञ्चार क्षेत्रलाइ राहत प्याकेज घोषणा गर्न माग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख ८, २०७७
In समाज
0

८ वैशाख ,काठमाडौँ : नेपाल पत्रकार महासङ्घले जारी लकडाउनका कारण सञ्चार प्रतिष्ठानहरू समस्यामा परेको हुँदा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।महासङ्घको केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीको आज भएको डिजिटल कन्फरेन्स बैठकले कोभिड–१९ को सङ्क्रमणले उत्पन्न जटिल परिस्थितिमा समाचार सङ्कलनका क्रममा आफ्नो सुरक्षालाइ पहिलो प्राथमिकतामा राख्न सञ्चारकर्मीमा आग्रह गरेको छ ।

क्वारेन्टाइन, आइसोलेसन वार्ड, सङ्क्रमण परिक्षण स्थलको संवदनशिलतालाई ख्याल गर्न, पर्याप्त पूर्वसतर्कता र सुरक्षाको सुनिश्चितता नभइ नजान पनि महासङ्घले आग्रह गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । वर्तमान परिस्थितिमा सञ्चार क्षेत्रले खेलेको भूमिका र चुनौतीको समीक्षा गर्दै सरकारले सङ्क्रमण नियन्त्रणका लागि चलाएको अभियानलाई सञ्चार क्षेत्रको तर्फबाट पूर्ण साथ दिँदै मर्यादित र जिम्मेवार पत्रकारितालाई महासङघले जोड दिएको छ ।

कोरोनाको उच्च सङ्क्रमणका बीच सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने काममा क्रियाशील पत्रकारलाई कतिपय सञ्चारगृहले पारिश्रमिक उपलब्ध नगराएकोप्रति महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । बैठकले श्रमजीवी पत्रकारका समस्याप्रति गम्भीर बन्न र सङ्कटको यो घडीमा त्यस्ता निर्णयहरु नगर्न सञ्चार प्रतिष्ठानको ध्यानार्कषण गराएको महासचिव विष्टले बताउनुभयो । साथै महासङ्घले असंगठित मजदूर, श्रमिक, सीमान्तकृत समुदाय र बाटोमा हिँडेर गन्तव्यतर्फ गइरहेका नागरिकको समस्या सम्वोधन गर्न सरकारसमक्ष आग्रह गरेको छ ।(रासस)

  • 39shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend