८ वैशाख ,धनुषा : आफ्नै बुबा ५५ वर्षीय शौकिया सदालाई फलामको रड प्रहार गरी हत्या गरेको अभियोगमा शहिदनगर नगरपालिका-९ डुमरिया बस्ने ३० वर्षीय नथूनि सदालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।घरायसी बिवादको कारण नथुनिले आफ्नै बुबालाई टाउकोमा फलामको रडले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुवा र प्रहरी चौकी चोराकोयलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा धनुषा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्