वैशाख २५, काठमाडौँ : संघीय संसद अन्तर्गत संसद भवनमा बिहीबार कुल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । जसमा १७९ जना प्रतिनिधिसभा र राष्ट्रिय सभाको ३३ जना सदस्य रहनु भएको थियो । पीसीआर परीक्षणमा संघीय संसदका २१२ जना सांसदहरुले थ्रोट स्वाब दिएका छन् ।

त्यस्तै कर्मचारी र मर्यादापालक २२९ जना गरी जम्मा परिक्षण ४४१ जनाले परिक्षण गराउनुुभएको संसद सचिवालयले जनाएको छ बाँकी साँसद, सुरक्षाकर्मी र कर्मचारीको परिक्षण भोलि विहान ८ बजे देखि १० बजे सम्म अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा ने गरिने जनाइएको छ । नयाँ बानेश्वर स्थित संसद भवनमै संसद सचिवालयको स्वास्थ्य इकाई टोलीको संयोजनमा रास्ट्रिय प्रयोगशाला केन्द्र टेकुबाट आएका प्राविधिक तथा स्वास्थ्यकर्मीहरुले स्वाब संकलन गरेका हुन् ।तस्विर : श्रोत
आफ्नो प्रतिकृया दिनुहोस्