२६ वैशाख, जनकपुरधाम : जनकपुरधाम वडा नं. ३ स्थित देवान पाेखरि नजिक रहेको दास टाेलमा अन्दाजी वर्ष ३५ को दिपालि देबि दासले घाँटीमा फाँसी लगाई आत्महत्या गरेकी छिन । बिहिवार साँझ को समय मा आफ्ना पति शंकर दास संग घराइसी विवाद मा झगडा भए पछि एक्लै कोठा बन्द भएकि दिपालि देबि दासले राती कै प्रहर मा फाँसी लगाएको हुन् सक्ने अनुमान गरिएको छ ।
कोठामा बन्द भएकी आमा बिहान ७ बजे सम्म ननिस्किएको बुझी उनका छोरा वर्ष १७ को अमित दासले घरकाे ढाेका तोडेर भित्र पसेका थिए। कोठा भित्र को दृश्य हेरेर हतार मा आमा ले पासो लगाएको डोरी छोरा अमित दास ले काटेका थिए , तब सम्म दिपाली देवी दासको प्राण पखेरु उडी सकेको प्रत्यक्ष दर्शी को भनाइ रहेको छ । केहि न बोल्ने स्थिति मा रहेका उनका पति शंकर दास को उपस्थिति मा धनुषा प्रहरी ले वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साह को रोहबर मा स्थलगत मुचुल्का गरि सो शव लाई पाेष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको तथा यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्